News Portal

  • उपाधि होडमा रहेका सिटी र लिभरपुलबीच आज प्रतिस्पर्धा हुँदै

    संचारकेन्द्र संवाददाता
    ४५ पटक

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज राति उपाधिको होडमा रहेका दुई क्लब म्यानचेस्टर सिटी र लिभरपुल आमनेसामने हुँदैछन् । सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने दुई बजे हुनेछ ।

    स्टार खेलाडीको भिडन्तका रुपमा रहेको यो खेलले यसपटकको प्रिमियर लिगको उपाधिको नक्सा केही हदसम्म क्लियर पार्न सक्नेछ यदि खेलमा स्पष्ट नतिजा भएको खण्डमा । २९ वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको आतिथ्य गर्न आतुर रहेको सिटीका प्रशिक्षक पेप ग्वार्डिआलाले उच्च फर्म रहेको क्लब लिभरपुलमा जति दबाब छ त्यति नै आफूमा रहेको बताए ।

    उनले यो खेल आफ्ना लागि निकै महत्वपूर्ण रहेको भन्दै लिभरपुलभन्दा सात अंकले पछि भएकाले यो दूरीलाई घटाउने राम्रो मौका हुने बताए । यसका साथै सबैको एउटै प्रश्न हारेमा के हुन्छ भन्ने प्रश्न रहेको छ । त्यसमा उनी भन्छन्, ‘हामी आफ्नो उत्कृष्ट फुटबल खेल्नेछाैँ । अन्तिम समयसम्म पनि उपाधिका लागि नै खेल्नेछौँ ।’

    यता लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले सिटीविरुद्धको खेल कठिन खेल हुने बताए । सिटी निकै बलियो टिम रहेको र प्रशिक्षक पनि उत्कृष्ट रहेको बताए ।

    आजको खेलमा सिटीका इल्के गुन्डोगन एक खेल गुमाएर टिममा फर्किँदैछन् । यस्तै केभिन डी ब्रुइनले पनि टिमको प्रशिक्षणमा सहभागिता जनाएका थिए । फाबियन डेल्फा भने टिममा हुनेछैनन् । उनी प्रतिबन्धमा परेका छन् ।

    यता लिभरपुलका मिडफिल्डर जेम्स मिल्नर चोटका कारण दुई खेलमा बाहिर हुँदा सिटीविरुद्ध मैदानमा फर्किनेछन् । यस्तै अल्बेर्टो मोरिनो पनि फिट भएका छन् भने जोर्डन हेन्र्डसन र बेवी केइटा पनि टिममा रहनेछन् ।

    सिटीले गत सिजनमा लिभरपुललाई पाँच–शून्यले हराएको थियो । पछिल्ला ११ खेलमा सिटीले तीन बराबरी र सात खेलमा हार व्यहोरेको छ । यी दुई टिम अहिलेसम्म कुल १ सय ६४ पटक खेलका छन् । जसमा सिटीले ४३ खेलमा जितेको छ भने ७९ खेलमा हारेको छ । ४२ खेल बराबरी भएका छन् ।

    इतिहास हेर्ने हो भने पनि लिभरपुल सिटीमाथि हावी रहेको छ । त्यसमा पनि लिभरपुलले अवे खेलमा ३१ खेल जितेको छ भने २९ खेल हारेको छ । यता सिटीले घरेलु मैदानमा २९ मा जित र ३१ मा हार व्यहोरेको छ ।

    २०७५ पुष १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...