News Portal

  • स्वास्थ्य मन्त्रीकै कार्यकक्षमा बित्छ पुष्पाको समय, आखिर दिनभर के हुन्छ गोप्य कोठाभित्र ?

    संचारकेन्द्र संवाददाता
    ८८२ पटक

    काठमाडौं। विवादित स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको दैनिकी स्वास्थ्य मन्त्रीको कार्यकक्षमा बित्ने गरेको छ । बिहान ११ बजे मन्त्रालय पुग्ने चौधरी हाजिर गरेर सिधै मन्त्रीको चेम्वरमा जाने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रीको निजी सचिवालयका अनुसार चौधरीको समय मन्त्री उपेन्द्र यादवको कक्षमा बित्ने गरेको छ ।

    स्वास्थ्य मन्त्री यादवको भनाई उदृत गर्दै उनको सचिवालयका एक कर्मचारीले भने, ‘पुष्पाको कार्यशैली प्रति मन्त्री खुसी छैनन् । उनी दिनभर मन्त्रीको कक्षमा हुन्छिन । नबस्नुुस भन्न सकिएको छैन ।’ प्रत्यक्ष रुपमा चौधरीलाई भन्न नसके पछि मिडियामा आउनु परेको हो । ती कर्मचारीले भने ।

    स्वास्थ्य सचिव केदार बहादुर अधिकारी र अन्य कर्मचारीको मन्त्री संग गोप्य कुरा चलीरहेको ठाउँमा चौधरी जबरजस्ती जाने गर्दा दैनिक काम गर्न मन्त्रीलाई निकै समस्या भएको छ । उनका अनुसार मंगलबार मात्रै पुष्पा मन्त्रीको कोठामा निरन्तर ७ घण्टा बसेको उनि बताउँछन् ।

    स्रोतका अनुसार डा चौधरीको गतिविधि मन्त्रीलाई दिनभर अनावश्यक डिस्टर्व गर्ने र नियमीत काममा बाधा पुर्याउने मात्रै छ । सचिवालयका ती कर्मचारी भन्छन, माथिल्लो निकायबाट दिनहु पुष्पालाई राख्न दबाव आइरहेको छ । उनीहरुको अगाडी मन्त्रीले हुन्छ भन्नै पर्छ । तर, उनलाई राख्ने पक्षमा मन्त्री हुनु हुन्न । फेरी पनि पुष्पाले मन्त्रालयलाई अस्थिर बनाउने काम गर्न खोजेको भनेर मन्त्री यादव चिन्तित बनेका छन् ।ु

    सचिवालयका अनुसार पुष्पाको काम शक्ति लगाएर मन्त्रीलाई दवाव दिने मात्रै भएको छ । पुष्पाले मन्त्रीको कार्यकक्षमा बसेर आफु अनुकुल काम गर्न लगाएको पनि मन्त्रालय स्रोत बताउँछ । गत २८ असोजमा प्रधानमन्त्री कार्यालय सरुवा भएपछि डा चौधरी सो निर्णय विरुद्ध १५ कार्त्तिकमा सर्वोच्च गएकी थिइन ।

    सर्वच्चोले १६ कार्त्तिकमै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यस विरुद्ध सरकारले ५ मंसिरमा भ्याकेट हालेको थियो । सर्बोच्चले केही समय अगाडी मात्रै सो भ्याकेटको विपक्षमा आदेश दिएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    २०७५ पुष १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...