News Portal

  • यी हुन् १४ श्रीमतीका धनि नक्कली क्याप्टेन, नेपालमै गर्थे यस्तो गज्जबको धन्दा

    संचारकेन्द्र संवाददाता
    ३२८ पटक

    काठमाडौं । ओखलढुंगा बस चलाउने कपिल पौडेलको करिब चार वर्ष अघि बसमा यात्रारत धनबहादुरसँग चिजजान भएको थियो । धनबहादुरले आफू सेना भएको परिचय दिएका थिए ।

    उनीहरुवीच सम्पर्क नम्बर साटासाट भयो । र, सुरुको एक वर्ष जति त लगातार कुराकानी भइरहृयो । तर, पछि सेना भनिएका व्यक्ति अर्थात धनबहादुर परियार गायब भए । २ वर्ष अघि एकाएक धनहादुरलाई कपिलले उदयपुरमा देखे ।

    मोटरसाइकलमा हुइँकिएका धनबहादुर सेनाको पोशाकमै थिए । कपिललाई उनले आफू सेकेण्ड लप्टन भएको सुनाए । आफ्नै साथी सेकेण्ड लप्टन भएको देखेपछि कपिलले आफ्नी बहिनीलाई पनि सेनामा भर्ना गरिदिन भने । ठगलाई के चाहियो । उनले तुरुन्तै हुन्छ भनिदिए र उनीहरुको टुटेको सम्पर्क फेरि जोडियो ।

    गत भदौमा नेपाली सेनामा भर्ना खुल्यो । कपिलले बहिनीलाई सेनामा भर्ना गराउन उनै धनबहादुरलाई सम्भिए । उनले पनि केही पैसा खर्च गरे सैनिक बनाइदिने आश्वासन दिए । कपिलले आफ्नी बहिनी भवानी खड्कालाई काठमाडौंस्थित सैनिक मुख्यालयमा सेनाको लागि आवेदन दिन पठाए । उनी आफू मात्रै आइनन्, आफ्नी साथी कल्पना ओलीलाई पनि पैसा खर्च गरेपछि सेना बन्न सकिने भन्दै सँगै ल्याइन् ।

    दुवैले आवेदन भर्ना फारम भरे ।नबहादुरले भर्ना छनोटमा जानु अघि आाफूभन्दा माथिल्लो तहमा पनि पैसा बुझाउनु पर्ने भनेपछि भवानीले ७५ हजार र कल्पनाले एक लाख पचास हजार रुपैयाँ लगेर बुझाए ।

    अनि खुल्यो ठगको धन्दा मंसिर १५ गते भवानी र कल्पना दुवै जना छनोटका लागि भद्रकाली पुगे । दुवैजना दौडमा सामेल भए । दौडमा भवानी पास भए पनि कल्पना फेल भइन् । पैसा बुझाएर सेना हुने सपना देखेकी कल्पनाले फेल हुने वित्तिकै तिनै धनबहादुर (नक्कली क्याप्टेन)लाई फोन गरिन् । उसले जसरी पनि पास गर्दिने आश्वासन दियो ।

    दौडमा पास भएकी भवानीलाई पनि अन्तर्वार्तामा जान नपर्ने भन्दै रोकेर राखे । जब सेनाको नतिजामा उनीहरु कसैको पनि नाम देखिएन, त्यसपछि दुई युवतीहरुले आफू ठगिएको थाहा पाए । र्फम भर्ना जाँदा भेटिएकी मनिषा खड्काले पनि नक्कली क्याप्टेन अर्थात धनहादुर परियारलाई ८० हजार बुझाएकी रहिछन् । तर, सबै जना ठगको चंगुलमा फसेपछि कसरी सैनिक बन्थे र ?

    अपराध महाशाखाको नियन्त्रणमा रहेका नक्कली क्याप्टेन धनबहादुरका १४ वटी श्रीमती रहेको पनि खुलेको छ । विभिन्न बहानामा ठगी गर्दै हिँड्ने धनबहादुरले १४ वटा श्रीमती बनाएका थिए ।

    धनबहादुर पक्राउ परेलगत्तै कान्छी श्रीमतीले पनि छाडेकी छिन् । धनबहादुरले श्रीमती बनाइएकीहरुलाई पनि ठगेको हुन सक्ने प्रहरीले जनाएको छ । पराध महाशाखाका एसएसपी दिनेश अमात्यले सेना बनाइदिन्छु भन्दै कोही ठगिएको भए अपराध महाशाखाको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

    उनले भने ‘अहिलेसम्म चार जना पीडितहरु उजुरी लिएर आउनुभएको छ । अरुलाई पनि यसरी नै ठगेको हुन सक्छ । कोही पीडित हुनुहुन्छ भने अपराध महाशाखामा उजुरी गर्न सक्नुहुन्छ ।’ त्यस्तै सेना तथा प्रहरीमा भर्ना गराइदिने नाममा यस्ता थुपै्र ठगहरु सक्रिय भैरहेकाले सचेत रहन पनि एसएसपी अमात्यले आग्रह गरेका छन् । विभिन्न अनलाइनहरुबाट साभार ।

    २०७५ पुष १३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपामाथि व्यापक दमनमा उत्रियो ओली सरकार, पूर्वबाट अर्का नेता गिरफ्तार, आफन्त भन्छन्- बेपत्ता पार्‍यो

    काठमाडौँ । केपी ओली सरकारले विद्रोही नेकपामाथिको दमनलाई व्यापक बनाएको छ । नेकपा नेता कार्यकर्ता...

    प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई विद्यार्थीले दले कालामोसो

    डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ...

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् ।...

    आईपिएलमा सन्दीप पहिलो म्याचमा नै आज प्लेइङ एघारमा पर्ने सम्भावना

    काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो खेलमै...

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड...