• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    रोल्पामा जुर्मुरायो जनसरकार, सार्वजनिक बनमा खानी बनाउन लागेपछि मुरूल्लेमा झण्डा गाड्यो

    2.8K
    SHARES

    सुगम सरोवर, रोल्पा । नेपाल कम्युनिष्ट पार्टीको जनसरकार रोल्पाले सार्वजनिक बनमा खानी उत्खनन गर्न खोजेपछि झण्डा गाडेर उक्त कार्य रोक्न चेतावनी दिएको छ ।

    रोल्पाको मुरुल्ले लेकमा स्थानीय सरकारले केही ब्यबसायीलाई उद्योग संचालन गर्न दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको झण्डा गाडेको छ ।

    रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नं ६ मा रहेको मुरुल्ले लेकमा शुभम् खनिज उद्योगले उत्खनन कार्य थालेको भन्दै केही दिन यता स्थानीयहरुले संघर्षका कार्यक्रमहरु अगाडि बढाइरहेका थिए ।

    रुन्टिगढि गाउँपालिकै सबैभन्दा बढि उचाइमा रहेको मुरुल्ले लेक उद्योगलाई दिदा वातावरणीय हिसावले पनि निकै समस्या उत्पन्न हुनसक्ने र पर्यटकिय क्षेत्रमा असर पर्नुको साथै प्राकृतिक सौन्दर्यतामा खलल पुग्ने भन्दै उत्खनन् कार्य रोक्ने उदेश्यले नेकपाले झन्डा गाढेको हो ।

    नेकपाले उक्त स्थानमा झण्डा गाढेर सार्वजनिक बन उत्खनन कार्य रोक्नु अघी केशवराज चन्दको नेतृत्वमा रुन्टिगढि प्राकृतिक स्रोत सम्पदा तथा संरक्षण संघर्ष समिति गठन गरिएको थियो ।

    उक्त संघर्ष समितिले स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउनुको साथै विविध संघर्षका चरणहरु अगाडि बढाएको छ । संघर्ष समितिप्रति ऐक्यबद्दता जनाउदै लालिगुरास सामुदायिक बन उपभोक्ता समितिले पनी आम भेला गरी मुरुल्ले लेक बचाउन कम्पनिले बनाएको बाटो भत्काउने सम्मको संघर्षहरु गरिसकेको छ ।

    मुरुल्ले लेक सम्बन्धी विवादले ठुलो रुप लिदै गएपछि पार्टीको झण्डा गाढेर उक्त जग्गा जनताले संरक्षण गरेको घोषणा गरेको नेकपाले आफ्नो धारणासहितको पर्चा उक्त स्थानमा छोडेर गएको छ । “सार्वजनिक वन संरक्षण गरौं जनचाहना विपरीत खानी उत्खनन गर्नेलाई कारबाही गरौं” भन्ने नारा लेखिएको कालो ब्यानर समेत नेकपाले टासेर गएको छ ।

    यस्तै उक्त पर्चामा आफ्नो पार्टीको जनपरिसदले संघर्ष मार्फत देशव्यापीरुपमा दलाली, भ्रष्टचारी, लुटेरा, गुण्डागर्दी र अनेकखाले माफियाहरुका बिरुद्ध कारबाही अगाडी बढाईरहेको समेत जानकारी दिइएको छ ।

    मुरुल्ले सामुदायिक बनको निर्णय बिरपरित शुभम् खनिज उद्योग लमहीले केही व्यक्तिहरुको नेतृत्वमा सत्ता र शक्तिको आडमा व्यक्तिगत स्वार्थका लागि चुनढुंगा उत्खनन र परिक्षण कार्य अगाडी बढाएकोले कारबाही गर्नु परेको जनाएको छ ।

     

    प्रतिक्रिया