• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    प्रकाण्डबिरुद्ध फेरी पक्राउ पुर्जी जारी, घरमै पुग्यो प्रहरी

    5.5K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ ।

    प्रकाण्डको पारिवारिक श्रोतले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार प्रहरी बिहिबार नै प्रकाउपुर्जी बोकेर घरमा टास्न आएको थियो । तर स्थानीयले उनको घरमा पुर्जी टास्न नदिएपछि नजिकैको सार्बजनिक स्थानमा टासेर फर्केको छ ।

    प्रहरीले संखुवासभा जिल्ला अदालात चैनपुर र उदयपुर जिल्ला अदालतले जारी गरेको ३५ दिने पक्राउपुर्जी लिएर प्रकाण्डलाई खोज्दै उनको घरमा आएको र परिवारका सदस्यले पुर्जी बुझ्न नमानेपछि घरमै टास्न खोजेको थियो । आफन्तले घरमा टास्न पनि नदिएपछि घर नजिकै सार्बजनिक स्थानमा टासेर गएको हो ।

    यसअघि प्रबक्ता प्रकाण्डलाई प्रहरीले गत साउन २३ गते हेटौंडाबाट पार्टीको कार्यक्रम सकेर काठमाडौं फर्कदैँ गरेका बेला टौदहबाट प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोले गिरफ्तार गरेर ५० दिन हिरासतमा राखेकेको थियो । त्यतिबेला माथि गैरकानुनी रुपमा चन्दा उठाएको आरोप लगाइएको थियो ।

    साउन २३ गते प्रहरीले प्रकाण्डलाई गिरफ्तार गरेपछि सर्वाेच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको थियो । पक्राउ गर्नुपर्ने कारण ४८ घण्टाभित्र पेश गर्न सर्वाेच्चका कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारलाई आदेश दिएको थियो ।

    पक्राउ परे लगत्तै उनका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वाेच्चमा वन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । प्रकाण्ड पक्राउ पर्नु अघि नै नेकपाका चार पोलिटव्युरो सदस्यहरु कृष्ण धमला, मोहन कार्की, पदम राई र ओमप्रकाश पुन र केन्द्रीय सदस्य आजाद केसीपनि पक्राउ परिसकेका थिए।

    सर्वोच्च अदालतले छोड्न आदेश दिएपनि प्रकाण्डलाइ प्रहरीले अदालात परिसरबाटै पुनः गिरफ्तार गर्दै हिरासतमा राख्ने गरेको थियो । उनलाई पटक-पटक अदालात परिसरबाट गिरफ्तार गरेर काभ्रे, नुवाकोट, दाङलगायतका जिल्लामा लिएर अनुसन्धान गर्दै हिरासतमा राखेर दुख दिने काम गरेको थियो ।

    प्रकाण्डलाई गिरफ्तार गरेपछि प्रहरीले देशका विभन्न जिल्लामा डुलाउदै मुद्दा चलाउन खोजेको थियो तर सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएपछि उनलाई अन्ततः असोज ९ गते छोड्नुपरेको थियो । प्रकाण्ड रिहा भएपछि कालिकोटका गाउँगाउँ पुगेर हालै फर्किएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ