• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    धनगढीमा नेकपाको विशाल जनसभा, हजारौ जनताको बीचमा प्रकाण्डले गरे सम्बोधन

    4.2K
    SHARES

    धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार देशभर विविध कार्यक्रम गरी माओ दिवश मनाएको छ । देशभर कार्यक्रम गर्ने क्रममा १२६ औं माओ दिवस धनगढीमा पनि विशाल जनसभा गरी मनाइएको थियो।

    विश्वभरीका कम्युनिस्ट पार्टीहरुले बुधबार विविध कार्यक्रम गरी माओ दिवस मनाइरहेका बेला धनगढीको जनसभालाई नेकपाका प्रवक्ता खडक बहादुर बिक ‘प्रकाण्ड’ले सम्बोधन गरीरहेका थिए।

    सम्बोधनका क्रममा उनले माओको विचारलाई आफूले अनुसारण गर्ने र पार्टीको तर्फबाट वालिदान, त्याग र तपस्या गर्ने प्रतिबद्धता जनाएका थिए । सम्बोधन गर्दै प्रकाण्डले माओले सुरुवात गरेको भाषा संस्कृतिप्रति पनि आफुहरु प्रतिबद्ध रहेको बताउदै नेपालमा त्यसको अनुसरण गर्ने बताएका थिए ।

    उनले भने-‘माओ आदार्शवादी पुजीवादी विचारका विरुद्व विश्वका सम्पुर्ण श्रमजिवी जनतालाई बैज्ञानीक विधीलाई अनुसरण गरी क्रान्तीको आहृवान गर्न प्रेरित गर्ने महान नेता हो ।’

    यस्तै कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरी माओवादलाई थप सम्बृद्ध  बनाउदै अगाडी बढाएको बताएका छन् ।

    उनले आफुहरु दलाल पुँजीवादविरुद्ध सशक्त सङ्घर्ष गर्दै निरन्तर क्रान्तिको बाटोमा अगाडी बढिरहेको पनि बताए । पुनले नेपालमा अझै क्रान्तिको आवश्यकता रहेकाले आफ्नो पार्टीले त्यो पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले केपी–प्रचण्डले देशमा फासिवाद लागू गरेको धारणा राखेका थिए । धनगढीमा आयोजित सभाको ब्यानरमा १२६औ हुनेपर्नेमा १२५औ माओ दिवश लेखिएको थियो ।

    यस्तै नेकपाको आयोजनामा देशभर विभिन्न कार्यक्रम भएका थिए । नेकपाले काठमाडौँ, धनगढी, झापा, स्याङ्जा, रामेछाप, सर्लाही, बुटवल, नुवाकोट, उदयपुरलगायत देशैभरि विचारगोष्ठी, र्‍याली तथा सभाहरु आयोजना गरेको छ । यता काठमाडौँको प्रज्ञा भवनमा नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले माओ दिवशमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सुदर्शनले संशोधनवादी तथा आत्मसमर्पणवादी प्रचण्डप्रवृत्ति जन्मिनबाट पार्टीलाई बचाउनका लागि राजनीतिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति सुरु गर्नुपर्ने बेला आएको बताए ।

    नेकपाको थबाङ महाधिवेशनको अभीष्ट सांस्कृतिक क्रान्ति पूरा गर्नु रहेको बताउँदै नेता सुदर्शनले हामी कति ठीक छौँ कि बेठीक छौँ भन्नेबारेमा आफैँले आफैँलाई समयमै विचार गर्नुका साथै राजनीतिक सत्ता र आदतको सत्ता दुवै ढाल्नुपर्ने धारणा व्यक्त गरे । सांस्कृतिक क्रान्ति माओको भाषामा निरन्तर क्रान्ति रहेको बताउँदै सुदर्शनले भने, ‘लेनिनले भनेको जस्तो आज वर्गसङ्घर्ष मानेर मात्र कोही पनि क्रान्तिकारी हुन सक्दैन, बरु जसले सर्वहारा अधिनायकत्वलाई ग्रहण गर्न सक्छ त्यो नै क्रान्तिकारी हो ।’

    माओको सिद्धान्तलाई मान्छौँ भन्दै लालझन्डाका विरुद्ध लालझन्डा बोक्नेहरूका विरुद्ध पनि आफ्नो पार्टी लड्ने नेता सुदर्शनले बताए । चीनमा माओले भनेको दीर्घकालीन जनयुद्ध र लेनिनले भनेको सशस्त्र विद्रोहमा विकास गरेर जाने अभ्यासमा नेपाल कम्युनिस्ट पार्टी रहेको प्रस्ट पार्दै सुदर्शनले विश्वका आधाभन्दा बढी र समाजवादी क्रान्ति भएका दर्जनौँ देशहरूमा क्रान्ति किन असफल भए भन्ने विषयमा अध्ययन गर्दा माक्र्सवादका नियमहरूलाई पकड्ने कुरामा कमजोरी भएको संश्लेषण गरिएको बताए ।

    माक्र्सवादको सार पकड्न नसक्दा र माक्र्सवादमा विकास गर्न नसक्दा विश्वका दर्जनौँ देशमा क्रान्ति असफल भएकाले आफ्नो पार्टीले थबाङ महाधिवेशनबाट एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा सुरु गरेको नेता सुदर्शनले बताए ।

    नेपाल नयाँखाले औपनिवेशिक मुलुक भएको र अहिले यो देशका मुकुन्डोधारी कम्युनिस्टहरूको मुकुन्डो च्यातिएको भन्दै सुदर्शनले नेपालका सत्ताधारी कम्युनिस्ट नेताहरूलाई एकनाथ ढकालले चलाएको दाबी गरे ।

    कृष्णप्रसाद भट्टराईको पालाबाट सुरु भएको दलाल पुँजीवाद नेपाली जनताको प्रमुख दुस्मन भएको बताउँदै सुदर्शनले यसैले नेपालका सबै उद्योगहरू सिध्याएको प्रस्ट पारे । ‘नेपालमा खोलिएका उद्योगधन्दाहरू सबै सिद्धिसकेका छन् । बाँसबारी छालाजुत्ता कारखाना, कपडा कारखाना चुरोट कारखाना, धागो कारखाना, कागज कारखाना ती सबै सिध्याइएको छ ।

    अब विनोद चौधरी, शेष घले, अजय सुमार्गीलगायतको हातमा पँुजी केन्द्रित भएको छ । यी सबै दलाल हुन् । यिनीहरूको हातमा देश छ’, उनले भने, ‘राजनीतिक दलालहरू भनेका प्रचण्ड–केपी हुन् । राजनीतिले अर्थतन्त्रमाथि नेतृत्व गर्ने हो तर अहिले अर्थतन्त्रले राजनीतिको नेतृत्व गर्दछ । त्यसैले अजय सुमागी र विनोद चौधरीहरूले प्रचण्ड र केपीलाई नेतृत्व गरेका छन् ।’

    अहिले नेपालको राजनीति नेपाली सत्ताधारीको नेतृत्वमा नरहेको प्रस्ट पार्दै नेता सुदर्शनले भने, ‘निगम पुँजीले अहिले विश्वबजार कब्जा गरेको छ । अहिले विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण भएको छ । पुँजीपतिहरूले संसारभरिका उत्पादनहरू एउटै छानामुनिबाट बिक्री गर्छन् । यो त पुँजीपतिहरूको सिन्डिकेट हो । अहिले विज्ञान र प्रविधिमा आएको उच्चतम् विकासको कारण पनि एकीकृत जनक्रान्ति आवश्यक छ ।’
    पार्टीको राजनीतिक कार्यदिशाका व्याख्या गर्दै नेता सुदर्शनले भने, ‘एकीकृत जनक्रान्ति भनेको गाउँ र सहरलाई जोडेर लड्ने क्रान्ति हो । एकीकृत जनक्रान्ति भनेको नेपाली क्रान्तिको मोेडेल हो ।’

    वैज्ञानिक समाजवादको व्याख्या गर्दै उनले भने, ‘यसको उद्देश्य भनेको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । नयाँ जनवादी क्रान्ति समाजवादी क्रान्तिकै अङ्ग हो । समाजवाद भनेको निजी सम्पत्तिको अन्त्य गर्नु पनि हो । निजी सम्पत्तिको अन्त्य गर्दै सामाजिक सम्पत्तिको स्थापना गर्नु हो । कम्युनिस्टहरूले समाजवाद नयाँ ढङ्गले लागू गर्ने हो । योग्यताअनुसारको काम र आवश्यकताअनुसारको दाम हुने व्यवस्था नै समाजवाद हो । समाजवादमा जनताको नेतृत्व रहने गरी राष्ट्रिय पुँजीपतिहरूले लगानी गर्ने अर्थप्रणाली हुन्छ ।’

    कम्युनिस्ट पार्टीहरूबीचको एकता आजको अनिवार्य आवश्यकता भएको बताउँदै उनले विचार मिल्नेहरूसँग संयुक्त मोर्चा बनाएर जानसकिने धारणा राखे । सरकार र नेकपाबीचको वार्ताका बारेमा बोल्दै नेता सुदर्शनले प्रचण्ड र केपीले आफ्नो पार्टीलाई फसाउनका लागि वार्ताको कुरा गरेको प्रस्ट पारे ।

    उनले भने, ‘हामीलाई तराईको सीके राउतसँग मिसाएर वार्ता गर्ने भनेका छन्, त्यो गलत छ । अहिले वार्ताको कुनै औचित्य छैन । सत्ताधारीहरू जब हार्ने अवस्थामा पुग्छन् तब मात्र वार्ताको कुरा गर्छन् । वार्ताको कुरा गर्दा हाम्रो ८० प्रतिशत भूगोलमा चलेको जनसत्ता, ४० हजार जनमुक्ति सेनाको विषय के हुन्छ ? १७ हजारको बलिदानी भएको छ, त्यसको मूल्य के हो ? यी सबै विषयहरू छन् ।’

    प्रचण्ड र केपी काङ्ग्रेसजत्तिको पनि इमानदार नभएको भन्दै नेता सुदर्शनले निर्मलाका हत्यारालाई किन कारबाही नगरिएको भनी प्रश्न गरे । कम्युनिस्ट विचारको मूल्य–मान्यता नराख्ने नेपालका नामधारी कम्युनिस्टहरूको भारतका ज्योति बसुका मान्छेजत्तिको पनि नैतिकता नरहेको उनको विश्लेषण थियो । उनले भने, ‘ज्योतिका मान्छेले त कम्तीमा भैँसीपूजा गर्दैनन् । चीनमा सी जिङ पिङले चर्च भत्काउँदै हिँडेको बेलामा नेपालमा दलालहरू माक्र्सवादी आदर्श, मूल्य र मान्यताबाट विचलित भएर होली वाइन खान पुगेका छन् ।’

    प्रतिक्रिया