News Portal

  • पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनामा कार्यरत दुई नेपालीको मृत्यु

    संचारकेन्द्र संवाददाता
    ९५ पटक

    काठमाडौं । भारतीय सेनामा कार्यरत दुई नेपाली नागरिक पाकिस्तानको आक्रमणमा मारिएका छन् । सुवेदारद्वय गमबहादुर थापा र रमन थापाको मृत्यु भएको बताइएको हो ।

    दुवैजनाको स्थायी घर रुपन्देहीको तिलोत्तमा–९ तुलसीपुर हो । भारतको कुपवडा जल्लामा भारतीय सैनिकलाई लक्षित गर्दै पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको ज्यान गएको बताइएको छ ।

    उनीहरु दुवैलाई घाइते भएपछि उपचारको लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको हो । ४२ वर्षीय गमबहादुर सन् १९९३ मा र रमन थापा सन् १९९६ मा गोर्खा राइफल्समा भर्ना भएका थिए ।

    यस्तै चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।

    घटनामा २१ जना घाइते भएका छन् । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समय अनुसार दिउसो ३ बजेर २० मिनेटमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था सीजीटीएनले जनाएको छ ।

    अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले उल्लेख गरेको छ । मृतकमध्ये एक प्रहरी अधिकारी रहेको बताइएको छ । घटनाबारे एएफपीले ‘लङग्यान पब्लिक सेकुरिटी ब्युरो’ लाई प्रतिक्रियाका लागि अनुरोध गरेपनि घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने जनाएको छ ।

    चीनमा यो वर्ष यस खालका धेरै घटना भएका छन् । यस्तै  मेक्सीकोमा हेलिकोप्टर दुर्घटना हुँदा पुयब्ला राज्यका गभर्नरसहित ५ जनाको ज्यान गएको छ । गभर्नर मार्था इरिका अलोन्सो र उहाँका श्रीमान राफेल मोरिनो भल्लासहित ५ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

    पुयब्लाको पहिलो महिला गभर्नर मार्थाले कार्यभार सम्हालेको १० दिनमात्र भएको थियो । संघीय सांसदसमेत रहेका मार्थाका श्रीमान राफेलले पुयब्लामा सन् २०११ देखि २०१७ सम्म गभर्नरको रुपमा काम गर्नुभएको थियो । उहाँलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो ।

    २०७५ पुष ११ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...