• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    रवि ओड बने दोस्रो नेपाल आइडल, को को भए फस्ट र सेकेन्ड रनरअप ?

    11.4K
    SHARES

    काठमाडौं । नेपाल आइडल सिजन २ को बिजेता कञ्चनपुरका रबि ओड बनेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।

    ‘माया जाउला रेलैमा’ बोलको गीत गाएर धनगढी अडिसनमा जजको मन जित्दै छनौट भएका रवि अन्ततः देश विदेशमा रहेका नेपालीको मत जित्दै नेपाल आईडल सिजन–२ को उपाधि जित्न सफल भएका हुन ।

    यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

    त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् । यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको थियो ।

    अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।

    रविले के–के पुरस्कार पाए ?

    ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता रविले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् ।

    साथै, उनले एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन्। एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।

    को हुन रवि ?

    कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन ।

    मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’ को जिन्दगी बाँचिरहेका उनका बाजे र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ ।

    बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगितमा लागेका थिए । सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बन्छ होला। विडम्बना यतिबेला छोराको सफलता हेर्न चाहने उनकी आमा यो संसारमा छैनन् ।

    नेपाल आईडलमा आउनु अघि उनी विभिन्न स्थानीय स्तरका प्रतियोगितामा सहभागि हुदै धनगढीको एक दोहोरी साँझमा गाउने गर्दथे ।आर्थिक रुपमा विपन्न परिवारमा हुर्केर गायन प्रतिस्पर्धाबाट नेपाल आइडलको उत्कृष्ट चारमा पुगेपछि सुदूरपश्चिमका रवि ओडको चर्चा सर्बत्र चुलिएको थियो ।

    नेपाल आइडल सिजन–२ को विजेता बनेका रविकोे कहाँनि अरुको भन्दा कहानि लाग्दो छ । उनले भोगेको दुख र गरेको संघर्षले बताउछ कि उनि एकदिन सफलाताको शिखरमा अवस्य पनि पुग्ने थिए । उनी जीविकोपार्जन गर्नको लागि, घर खर्च चलाउनको लागि २०७० सालको चुनावमा म्यादी प्रहरीमा भर्ना भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया