News Portal

  • युद्ध रणनीति र नेपाली राजनीति

    १४१ पटक

    संसार सेन ‘पृथक’

    विश्वकै महान नेता नेश्नल मण्डेलाको एउटा भनाई छ राष्ट्रको स्वाधीनता राज्य संचालन गर्ने शासक तथा संचालककर्तामा भर पर्ने गर्दछ । यतिवेला सामाजिक साम्राज्यवाद र सैन्य साम्राज्यवाद दुई धुर्बमा बिभाजन छ । आर्थिक तथा धार्मिक प्रलोभनमा उत्पीडित राष्ट्र र जनसमुदायलाई किन्ने र द्वन्द्व उत्पदन गर्ने, त्यस्को रिमोट आफुले राखेर अनुकूल लाभ हासिल गर्ने मनसायमा पश्चिम साम्राज्यवाद सक्रिय छ ।

    पश्चिमी मुलुकहरू आफ्नो प्रभाव कायम राख्न एशियाली मुलुकमा प्रबेशको लागि हजारौं प्रयत्न गरिरहेको देखिन्छ । दुई शक्तिशाली राष्ट्र चीन र भारतलाई आर्थिक, राजनीतिक र सैनिक हिसाबले आफ्नो काबुमा लिएर विश्वमा एकतन्त्रीय हैकमवादी शासन कायम राख्न एसियाली मुलुकमा प्रत्यक्ष सैनिक उपस्थित जनाउने र नैतिक तथा भौतिक रूपमा चीन भारतलाई प्यारालाइसिस बनाउने पश्चिमाहरुको मास्टर पलान हो ।

    पश्चिमाको प्रवेश र निचोड
    झन्डै साठी बर्षको यो अविधमा नेपाललाई एनजीओ मार्फत गहिरो अनुसन्धान गरायर नेपालमा कसरी द्वन्द्व उत्पदन गर्न सकिन्छ भन्नेबारे गरिएको छ । २०४६ सालपछि फिजिएको एनजीओको पहिलो प्रतिबेदनमा स्पष्टता साथ लेखिएको बाइबल बितरण अध्यापन नीति, बिजनेस पोलेसी बुलेट नीति यी कुराले नेपालमा सामाजिक बिखन्डन ल्याउन सकिन्छ भन्ने नै रह्यो । जस्को व्यापक आर्थिक प्रलोभनमा धर्मको प्रचारप्रसार सगै जातीय क्षेत्रीय बिखण्डनको अध्ययन तिर लागेर नेपाललाई जबर्जस्त धर्म निपेक्ष बनाएर आफ्नो एजेन्डा स्थापित गराएको छ ।

    हिन्दुधर्ममा देखिएको जातीय, लिङ्गीय बिभेदकारी स्थितिलाई उपयोग गरेर इसाई मिसनले छोटोे समयमा आफ्नो व्यापक प्रचार प्रसार र बलियो अखडा कायम गरेको स्पष्ट छ । कुनैपनि धर्मलाई राज्यको तर्फबाट पक्षपात गरिनु हुदैन नेपाल एउटा यति संबेदनशिल राष्ट्र हो । त्यसैले सानो कमजोरीमा पनि देशको सामाजिक संरचनामा ठुलो प्रभाव पर्न सक्छ ।

    पहिलो कुरा पश्चिमाहरु नेपालमा कुनै हालतमा पनि स्थायित्व र शान्ति चाहादैनन् । जसको उदाहरण मदरमुन फाउन्डेसनलाई नेपालमा प्यासिफिक सम्मेलन नाम दिएर सरकार समेतलाई हिलोमा मुख चोपलिएको छ । त्यसको जनस्तरमा नकारात्मक टिकाटिप्प्नी सुरु भएको छ । मदर मुन युरोप तथा एसिया सबैतिर अत्यन्तै बिबादास्पद तथा कम्युनिस्ट बिरोधि गतिविधिमा संलग्न मान्छे हुन ।

    अन्तर्राष्ट्रिय स्तरमा बिबादास्पद ब्यक्तिले गरेको भेलालाई नेपाल जस्तो स्वाभिमान राष्ट्रको सरकारले महत्व दिनु राम्रो होइन । सम्पुर्ण जनप्रतिनिधिलाई पनि प्लेन भाडा, फ्रिमा जकेट बितरण गरेर प्रलोभनमा पारिएको छ । यसले अन्तर्राष्ट्रिय कुटनैतिक मामिला र राष्ट्रिय स्वाभिमानमा समेत आच आउने काम भयो । धर्म निपेक्ष राष्ट्रको प्रधानमन्त्रीले धर्मको साझा संरक्षक भएर बस्नुपर्ने हो तर त्यसो किन भएन जिज्ञासा हुनु स्वभाविक हो ।

    नेपाललाई रणभुमी बनाउने योजना
    लामो अध्ययन पश्चात नेपालको राजनीति आर्थिक सामाजिक धार्मिक जातीय अन्तर बिरोधको उत्पादन गरेर साम्राज्यबादीहरुको अनुकूल नियंत्रित अस्थिरता कायम राख्ने पहिलो मिसनमा सफलता हासिल गर्न र नेपालमा शान्ति मिसनको रूपमा आफ्नो सैनिक उपस्थिति जनाउने अमेरिकी तथा युरोपेलीहरु लागिपरेका छन । खासगरी एशियाली मुलुकका दुई शक्तिशाली राष्ट्र भारत र चाइनालाई इन्डिकेट गर्ने पहिलो प्राथमिकता उनीहरुको हो । जसको लागि नेपाललाई उपयोग नगरी साम्राज्यवादको मिसन पुरा हुन सक्तैन ।

    यो कुरामा चीन भारत दुबै जानकार छन । विपरीत बिचारको उपयोग गरेर भारत र चीनसग तिक्तता उत्पादन गराउने र छिमेकी राष्ट्रहरुसगको सम्बन्धलाई तेस्रो मुलुकहरूसगको समन्ध बराबरको बनाइदिने नेपाललाई चौतर्फी घेराबन्दी गर्ने अमेरिकी साम्राज्यवादद्वारा संचालित इसाई मिसनका बलिया फाउन्डेसन जर्ज सोरस तथा फादर मुन सस्थाहरु स्थापित छन । अहिले राज्य समेत एन्जिओको अप्रत्यक्ष दबाबमा छ । नेपालमा भौगोलिक रुपमा तराइर्, पहाड र हिमाललाई आधार मानेर राष्ट्र र राष्ट्रियतामा फरक दृष्टिकोण उत्पादन गराउने अनि क्षेत्रीय बिखण्डनको सुरुवात गराएर सिके रावतजस्ता पात्रहरू उत्पादन गराउने उनीहरुको योजना छ ।

    एसिया प्यासिफिक सम्मेलन र मदरमुनको अगाडी नेपाल सरकारले देखाएको लज्जास्पद हर्कतले नेपालको स्वाभिमानमाथी आँच आएको छ । साम्राज्यवादका रणनीतिक लक्ष्य राम्रोसँग नेपाली राजनीतिमा जबसम्म बुझ्न सकिदैन नेपालले द्वन्द्वको तितो घाउको सामना गर्नुपर्ने देखिन्छ । जस्ले नेपाल र नेपाली जनता सिरिया युगोस्लाभीया लगायतका राष्ट्रहरुले खेपिरहेका समस्या उत्पन्न हुने खतरा पनि उत्तिकै हुन्छ । साम्राज्यवादीकै उक्सावटमा राजा फर्काउनु पर्छ भन्ने केही आवाजले अर्को दुर्घटना निम्त्याउन खोजिएको बुझ्न पनि जरुरी छ ।

    २०७५ पुष २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...