• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    महाकाली ब्युरोमा नेकपाको अभियान तिब्र, सामना परिवारको टोली पनि डडेलधुरा पुग्यो

    3K
    SHARES

    डडेलधुरा । देशभर सङ्गठन सुदृढ तथा बिस्तार अभियान चलाएको नेकपाले पश्चीमी कमाण्डमा पनि ब्यापकरुपमा कार्यक्रमहरु गरिरहेको छ । पार्टीको महाकाली ब्युरोले अभियानलाई तिब्रताका साथ अघि बढाएको छ ।

    पार्टीका महाकाली ब्युरो कार्यालय सचिव संघर्षले दिएको जानकारी अनुसार शनिबार संगठन सुदृढ तथा बिस्तार अभियान अन्तर्गत नै डडरल्धुराका विभिन्न ठाउँमा जनसभा तथा सास्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

    जिल्लाको परशुराम नगरपालिकाको प्रशनिक क्षेत्र जुगबुढामा सामना सास्कृतिक परिवारको केन्द्रीय टीमसहित विशाल जनसभा कार्यक्रम सम्पपन्न भएको संघर्षले बताए ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले समाज व्याप्त भ्रष्टाचार, महिलामाथिको विभेद र दलितमाथिको अन्यायको अन्त्यका लागि नेकपा नै एकमात्र विकल्प भएकाे दावी गरे ।

    उनले नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत मात्रै बैज्ञानिक समाजवाद प्राप्त हुने भन्दै सिक्षा क्षेत्रमा भैरहेको व्यापारीकरण निर्मुल पार्न र समग्र देश परिवर्तनका लागि सबै आ- आफ्नो क्षेत्रबाट शशक्तरुपमा एकजुट हुनुपर्ने बताए ।

    सामना परिवारले भने महाकाली ब्युरोमा आफ्नो अभियानको थालनी नै शनिबार डडेलधुराबाट गरेको हो । सोहि अवसरमा शहिद परिवारलाई सम्मान समेत गरिएको छ । शनिबार नै सामनाका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गरेका छन् ।

    कार्यक्रमलाई नेता पुनसहित राष्ट्रिय दलित मुक्ति मोर्चाका सेती महाकाली संयोजक बिरु तिरुवा, पुर्ब माननीय हरीलाल थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    डडेलधुरा जिल्ला सेक्रेटरी विजय र सामनाका कलाकार आरोह नेपालीले संचालन गरेको कार्यक्रममा सेती ब्युरो न्याय बिभाग प्रमुख अमर, डोटी जिल्ला ईञ्चार्ज शिखर, ममता सुर्खेती लगायत अन्य सयौं स्थानीय नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

    अभियान निरन्तररुपमा अघि बढिरहेको ब्युरो कार्यालय सचिव संघर्षले संचारकेन्द्रलाई बताए । यसअघि नेकपाले तराईका जिल्लाहरु कैलाली, कंचनपुर र पहाडी जिल्ला डोटीमा आफ्नो अभियान संचालन गरिसकेको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ