News Portal

  • फिल्ममा हिट हुन नसकेकी यी नेपाली नायिका, जो एकरातमा बनिन स्टार, हेर्नुहोस् भिडियोसहित

    संचारकेन्द्र संवाददाता
    ४०० पटक

    काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पातको टपरी हे बराई’ यसै गीतको भिडियोमा अभिनय गरेकी नायिका मरिस्का पोखरेललाई अचेल भ्याई नभ्याई छ ।

    फिल्मले दिन नसकेको चर्चा एकै गीतले दिलाएको छ । के म तिम्रो होइन ?, लम्फूु, पण्डित बाजेको लौरीु, मिस्टर भर्जिन, साली कस्को भेनाको लगायत फिल्म प्रदर्शनमा आइसकेका छन् तर उनले अभिनय गरेका यि कुनै फिल्म हिट हुन सकेनन् र उनी आझेलमै थिइन् ।

    आधा दर्जन बढि फिल्ममा काम गरेर पनि आफूलाई अभिनेत्रीको रुपमा चिनाउन नसकिरहेको अवस्थामा उनलाई अहिले १४ मिनेट २३ सेकेण्डको एक लोक दोहोरी भिडियोले निकै चर्चा दिलाएको छ । हाल ‘सालको पातको टपरी’ गीतले करोड क्लब कटाइसकेको छ र यसको रफ्तार अझै बढ्दो छ ।

    भिडियोमा मरिश्कालाई गायक कुलेन्द्र र बसन्त थापाले साथ दिएका छन् । ६८ हजार लाइक्स मिलेको भिडियोमा ५ हजार बढी कमेन्ट गरिएको छ । धेरै जसो कमेन्टमा मरिश्काको अभिनय तथा उनको शुन्दरताको तारिफ गरिएको छ । यस गीत पछि अब उनको करियरले नयाँ मोड लिने चलचित्र बृत्तमा चलेको छ ।

    यस्तै नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा र निर्देशनमा पनि सक्रिय छिन् । केही समय अघि गायक मुरारी गुरागाईको एक गीतको म्युजिक भिडियो निर्देशन गरेकी उनले गीतकार होम न्यौपानेको शब्द तथा बिपी वाग्लेको गायन र संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियो समेत ल्याएकी छन् ।

    अहिलेसम्म अभिनयले दिलाउन नसकेको चर्चाले फुरुङ्ग मरिस्काको यतिखेर देश विदेशका सांस्कृतिक कार्यक्रमहरुमा माग बढेको छ र यसै शिलशिलामा हाल उनी बेलायत पुगेकी छिन् ।

    २०७५ मंसीर २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...