News Portal

  • हरियो खुर्सानी खानुका फाइदा, क्यान्सरको खतरा टार्नेदेखि छाला चम्काउनेसम्म

    संचारकेन्द्र संवाददाता
    २२६ पटक

    काठमाडौँ । पिरो मन पराउने धेरै हुन्छन् । तर, अत्याधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपी, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसंगै अन्य लाभसमेत उठाउन सकिन्छ ।

    हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेड र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ ।

    दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका सौ रोग प्रतिरोधात्मक क्षमता पनि अभिवृद्धी गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । अब यसका फाइदाबारे चर्चा गरौँः

    प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट
    अरियो खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टकका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरुलाई स्वस्थ रहन मद्दत गर्छ ।

    प्रतिरक्षा प्रणाली मजबुत
    हरियो खुर्सानीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रुपमा खुर्सानी खानुपर्छ ।

    रक्तसञ्चार बढाउँछ
    प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पुर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीब्र बनाउन मद्दत गर्छ ।

    क्यान्सरको खतरा कम
    सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसको लागि हरियो खुर्सानी एकदर्म उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई पनि कम गर्छ ।

    छालामा चमक
    हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पुर्याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।

    संक्रमणबाट बचाउँछ
    हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुणहरु समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपूर्ति हुन्छ ।

    आँखाको दृष्टि
    हरियो खुर्सानीमाविभिन्न पोषक तत्व हुन्छन् । आँखाको दृष्टि तेज हुनमा मद्धत गर्दछ ।

    २०७५ मंसीर २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...