• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ४ को भेला सम्पन्न, अध्यक्षमा जिसी

    3.9K
    SHARES

    पोखरा । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमा बिहीबार सम्पन्न भेलाले पर्वतका पत्रकार गोपाल जिसीको नेतृत्वमा १ पछि थप्ने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    सदस्यहरुमा नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य सञ्जय तिवारी, राजेन्द्र सुवेदी, निर्मल पौडेल, शोभा जिसी, सुमन विश्वकर्मालगायत रहेका छन् ।

    संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतले मैनबत्ती बालेर उद्घाटन गरेकाे भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, कार्यालय सदस्य लोकराज जैसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण बास्तोला लगायतको उपस्थिति रहेको थियो।

    क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ४ नं.प्रदेश सचिव श्रीनाथ अधिकारी, सोही पार्टीका पिविएम तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं. प्रदेश संयोजक केशबहादुर परियार, पार्टी केन्द्रिय सदस्य नारायण अधिकारी, पार्टी कास्की सचिव कर्णबहादुर पुन, क्रान्तिकारी बुद्धिजीबी परशुराम कोइराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    ‘राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रिया समेत राखिएको भेलालाई सम्बोधन गर्दै भेलाका विशेष अतिथि क्रान्तिकारी माओवादीका नेता श्रीनाथ अधिकारीले पत्रकारहरुले देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने विचार व्यक्त गरे ।

    संगठनका अध्यक्ष इन्द्र राउतले मूलधारका मिडियाहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई स्थान नदिने गरेको चर्चा गर्दै मिडियाका कन्टेन्टहरु कर्पोरेट हाउसहरु, बहुराष्ट्रिय कम्पनी, सत्ता र शक्तिको प्रभाव अनुसार निर्धारण हुने गरेको आरोप लगाए ।

    अध्यक्ष राउतले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी संहिताहरु तत्काल खारेज नगरे क्रान्तिकारी पत्रकार महासंघको नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

    राउतले प्रेस काउन्सीलले ल्याउन लागेको इलेक्ट्रोनिक मिडिया वर्गीकरण प्रस्तावले साना तथा स्वरोजगार मिडियाहरुलाई निषेध गर्ने र मुठ्ठीभर ठूला मिडियाको मात्र पक्षपोषण गर्न खोजेकोले वर्गीकरण नीति साना लगानी तथा स्वरोजगार मिडिया मैत्री बनाउनुपर्ने पनि धारणा राखे ।

    उनले विद्युतीय कारोबार ऐन लगाएर सरकारले समाचार लेखेकै कारण पत्रकारहरुको हातमा हत्कडी लगाउने गरेको भन्दै त्यो ऐन खारेजी हुनुपर्ने समेत बताए ।

    क्रान्तिकारी पत्रकार महासंघले सबै प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गर्ने अभियानसंगै पेशागत हकहितसँग सम्बन्धित मागहरु अगाडी सारेर संर्घषलाई समेत संगसंगै लैजाने बताउँदै आएको छ ।

    प्रतिक्रिया