News Portal

  • मितेरी दाजुको सल्लाहमा मन्त्री बिना मगरका यस्ता अप्रिय निर्णयहरू, चौतर्फी आलोचना सुरु

    संचारकेन्द्र संवाददाता
    ४८८ पटक

    काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले आफ्ना मितेरी दाजुको सल्लाहमा मन्त्रालयभित्र अप्रिय निर्णयहरू गर्न थालेकी छन् ।

    योङ कम्युनिस्ट लिगका पूर्व सदस्य भाइकाजी घिमिरे मन्त्री मगरका मितेरी साइनोमा दाजु हुन् । उनैको सल्लाहमा मन्त्रालय अन्तर्गतका विभिन्न संस्थान, विभाग र कार्यक्रममा मन्त्री मगरले हस्तक्षेप बढाएकी हुन् ।

    पछिल्लो पटक मन्त्रालय अन्तर्गतको खानेपानी विभागमा रहेका करारका कर्मचारीलाई एकै साथ हटाउने फाइलको टिप्पणी उनले उठाएकी छन् । घिमिरेको सल्लाहका आधारमा नै उनले यस्तो टिप्पणी उठाएको स्रोतले जनाएको छ ।

    ‘१७/१८ बर्षदेखि निरन्तर काम गरिरहेका करारका कर्मचारीलाई हटाउने तयारी गरिएको छ, यस्तो अप्रिय निर्णय गर्दै पूर्वमाओवादीका कार्यकर्ता र आफ्ना नजिकका मान्छे राख्ने रणनीतिमा मन्त्री पुगेकी छन् । उनलाई यो सल्लाहका घिमिरेले दिएका हुन् ।’

    त्यसका लागि मन्त्री मगरले विभागका महानिर्देशक पनि आफु अनुकुलतालाई नै बनाएकी छन् । उनले अघिल्लो सातामात्र विभागको महानिर्देशकमा सुनिलकुमार दासलाई नियुक्त गरेकी थिइन् । यसअघिका महानिर्देशक तेजराज भट्टले भनेजस्तो काम नदिएको भन्दै मन्त्रालय तानेकी छन् । मन्त्री मगरले महानिर्देशक दासलाई विभागका करारका कर्मचारीको लिष्ट तयार पारी हटाउनका लागि ठाडो निर्देशन दिएकी छन् ।

    ‘लामो समयदेखि काम गरेकालाई स्थापित गराउनुको साटो निष्काशन गर्ने अप्रिय निर्णय भएको छ । कर्मचारी अभाव भएका बेला काम गरिरहेकालाई किन निकाल्नु ?’, विभाग स्रोतले भन्यो ।

    घिमिरे विभिन्न विषयमा विवादमा तानिने गरेका व्यक्ति हुन् । उनको मन्त्री मगरसँगको दाजुबहिनीको सम्बन्ध प्रकाश दाहालले बनाइ दिएका थिए । त्यसैले तिहारका बेला मन्त्री मगरले घिमिरेलाई भाइटिका समेत लगाइदिने गरेकी छन् ।

    त्यसो त मगरले मन्त्री भएका दिनदेखि नै विवादीत घोषणा र निर्णय गर्न थालेकी थिइन् । मन्त्री हुनासाथ गएको दशैंभित्र काठमाडौंमा मेलम्ची खानेपानी झार्ने घोषणा गरेकी मन्त्रीले केही समयमा नै सचिव हेरफेर गरिन् ।

    आफू अनुकुलताको निर्णय गराउनका लागि मन्त्री मगरले सचिव गजेन्द्र ठाकुलाई ल्याइन् । ठाकुरको लविङ पनि उनै घिमिरेले गरेका थिए । सचिवालयको घेरामा नबसे पनि घिमिरेले मन्त्री मगरबाट आफू अनुकुलताका काम गराउँदै आएका छन् ।

    यता, खानेपानी संस्थानमा पनि उनले हस्तक्षेप गरेकी छन् । संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादलाई मन्त्रालयमा हाजिर गराएर अर्कै व्यक्तिलाई सो ठाउँमा नियुक्त गरेकी छन् । यसमा पनि घिमिरेको सल्लाहले नै काम गरेको स्रोतको दाबी रहेको दैनिक नेपालले संचार लेखेको छ ।

    २०७५ मंसीर २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    बीस वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर मेलम्चीको पानी काठमाडौं आएन

    काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान...