News Portal

  • ओली सरकारमाथि ‘आज’ पार्टीकाे यस्ताे गम्भीर आरोप, हाेला त पुष्टी ?

    संचारकेन्द्र संवाददाता
    ११९ पटक

    काठमाडाैं । आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुस्साहस गर्ने अवसर दिएको भन्दै वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजीनामा दिनुपर्ने माग गरेको छ ।

    बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त पार्टीले दिन दहाडै नेपाल र नेपालीको अपमान हुने, धर्म, संस्कृति तथा परम्परामाथि प्रत्यक्ष प्रहार गर्ने संघीयता नेपाली जनताले सहन नसक्ने बताएको छ ।

    उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘त्यसमाथि पनि संसारमा नाम कहलाएका कुनैपनि गोरखालीले कदापी सहन सक्ने छैन् । यस्तो संघीयताले देशलाई कित्ताकाट गर्ने, जातिय युद्ध गराउन खोज्ने, धार्मिक युद्धको विजारोपण गर्ने गणतन्त्र तथा संघीयता आजैका मितिदेखि खारेज गर्न यस पार्टीको जोडदार माग रहेको छ ।’

    जारी विज्ञप्तीमा थप भनिएको छ,‘अनादिकाल देखिको इतिहास भएको देव दवादीको तपोभुमि रहेको नेपालमा भूराजनैतिक अवस्थालाई अक्षुण राख्न हामी सफल भएको सर्वविदितै छ । नेपालमा हाल राजनैतिक संसकार नभएका, नैतिक पतन भएका र अदुरदर्शी नेतृत्वको कारण सदियौंदेखि भौगोलिक रुपमा सानै भएपनि आफ्नो अस्तित्व र अस्मिता सुरक्षित राख्न सफल देशको नेतृत्वलाई पाखा लगाई विदेशी हस्क्षेप गराउन सफल दरिद्र मानसिकता भएका तत्वहरुको वर्तमान क्रियाकलापको यस आजाद जनता पार्टी घोर भत्र्सना गर्दछ।’

    पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष प्रा. सुबोध नारायण झाले र्वतमान प्रधानमन्त्री केपी शर्मा ओली एशिया प्यासिफिक सम्मेलनको नाममा मिशनरी एजेण्ट बनेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओली सम्मेलनको नाममा मिशनरी एजेन्ट बने । नेपाललाई नै ध्वस्त पार्ने षड्यन्त्र गर्न खोजिएको छ । कसैले षड्यन्त्र गर्दैमा केही हुँदैन, हाम्रो देश हिन्दू राष्ट्र नै रहनेछ ।’

    उनले आफ्नो पार्टी देशको रक्षाको निम्ति सदा समर्पित रहेको सुनाउँदै देशको विरुद्धमा कुनै षड्यन्त्र भए आफूहरुलाई सह्य नहुने जिकिर गरे । उनले भने,‘कम्युनिष्टहरुले हामीलाई गुलाम बनाउन खोजेका छन् । तर, हामी गुलाम बन्दैनौं ।’ वर्तमान प्रधानमन्त्री ओली ६ सय गाईको बीचमा एउटा गोरुको रुपमा उभिएको भन्दै उनले व्यंग्य गरे ।

    उनले भने,‘प्रधानमन्त्री ओलीले हाम्रो देशको स्वभिमान माटोमा मिलाउने काम गरे । सेतो छाला भएका व्यक्तिहरु हाम्रो देशको सत्रु हुन् । कम्युनिष्ट र क्रिश्यिचन हाम्रो देशका मुख्य दुश्मन हुन् ।’ पार्टीका प्रमुख सल्लाहकार डा. अवधेश कुमार ठाकुरले नेपालका वर्तमान राजनीतिक दलहरुले राजनीतिलाई लिगल माफियाजस्तै बनाईरहेको आरोप लगाए ।

    उनले मुलुकमा हिन्दूराष्ट्र र राजमुकुट परिवर्तन गर्नुहुँदैन थियो तर दलहरुले परिवर्तन गरेर गम्भिर गल्ती गरेको आरोप लगाए । कार्यक्रममा श्यामकृष्ण केसी र हाम्रो नेपाल पार्टीका अध्यक्ष भैरव कार्कीले पनि आ–आफ्नो धारणा राखेका थिए ।

    २०७५ मंसीर १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    बीस वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर मेलम्चीको पानी काठमाडौं आएन

    काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान...