News Portal

  • कोरियाली राजदूतले नेपाललार्इ दिए यस्ताे सुझाव

    संचारकेन्द्र संवाददाता
    ३२ पटक

    काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पाङ योङ सिकले आफूसँग भएको अवसरलाई परिणाममा रुपान्तरण गर्न नेपाललाई सुझाव दिएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा गरेको कार्यक्रममा राजदूत सिकले नेपालसँग धेरै अवसर भएपनि त्यसको सदुपयोग हुन नसकेको बताए ।

    विश्व बैंकले ‘उच्च अवसर क्षेत्र’ भनी छुट्याएको क्षेत्रमा लगानीकेन्द्रित गर्न पनि उनले सुझाव दिए । विश्व बैंकले कृषि, व्यापार, सूचना–प्रविधि, पर्यटनलगायतका क्षेत्रलाई उच्च अवसरको क्षेत्र भनेको छ ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दक्षिण कोरियासँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको भन्दै पर्यटनका माध्यमबाट व्यापार घाटा पूर्ति गर्नुपर्ने बताए ।

    उनले कोरियाली पर्यटक नेपाल भित्र्याउन र नेपाली वस्तु कोरिया निर्यातका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे ।

    चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले हाल स्थायी सरकार रहेकाले कोरियाली लगानी भित्र्याउन पहल गर्न राजदूतलाई आग्रह गरे । उनले कोरियाली पर्यटक भित्र्याउन पनि सहयोग गर्न आग्रह गरे ।

    काम गरी कोरियाबाट स्वदेश फर्किएका नेपालीले प्रविधि र सीप भित्र्याएको भन्दै त्यसको प्रवर्धन गरिनुपर्नेमा पनि उनले जोड दिए ।कार्यक्रममा चेम्बर उपाध्यक्ष कमलेश अग्रावाल, होटल संघका महासचिव विनायक शाहले लगानी, व्यापार र पर्यटनमा कार्यपत्र प्रस्तुत् गरेका थिए ।

    २०७५ मंसीर १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...