News Portal

  • अलग-अलग स्थानबाट नयाँ शक्तिका २ नेता पक्राउ

    संचारकेन्द्र संवाददाता
    ४८ पटक

    धनगढी । नयाँ शक्ति पार्टी नेपालका नेता खड्क साउदलाई प्रहरीले पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ५ को मोहन्याल माध्यामिक विद्यालयको व्यवस्थापन समितिका पदाधिकारी चयनका विषयमा विवाद भएपछि प्रहरीले साउदलाई पक्राउ गरेको हो।

    पदाधिकारी चयनका क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जंगबहादुर विकले आफूलाई दलित भनी दुर्व्यवहार गरेको उजुरी दिएपछि साउदलाई पक्राउ गरिएको हो।

    साउद विरुद्ध सामाजिक कसुर अन्तर्गत कारबाही गर्न जिल्ला प्रसाशन कार्यालय कैलालीबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।

    यस्तै उता स्याङ्जामा राज्यले द्वन्द्वकालीन मुद्दा उल्टाउदै, नयाँ शक्तिका नेता टिकाराम रेग्मीलाई पक्राउ गरेको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका घर भएका रेग्मीलाई सशस्त्र द्वन्द्वको समयमा आगजनी गरेको मुद्दालाई उल्ट्याएर उनलाई पक्राउ गरिएको हो ।

    जनयुद्धकालका मुद्दा उल्टाउने जस्तै देखिने गरेर पक्राउ गर्ने वडा प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक युवराज चन्दले उनलाई पक्राउ पुर्जी हातमा पारेका हुन् । बिद्रोही पक्षबाट स्याङ्जा जिल्लमा ११ वटा मुद्दा जिल्ला अदालतमा मुल्तबी रहेकोमा रेग्मीलाई २०६० साल भाद्र १७ गते आगजनी गरिएको मुद्दामा पक्राउ गरेको हो ।

    फरार सुचीमा उनको नाम उल्लेख गरेको थियो । उनीहरुको नाम हेर्ने क्रममा रेग्मीको पनि नाम परेको थियोे । द्वन्द्वकालका मुद्दा थाहा नहुदा अदालत फरार सुचिमा राखेको थियोे र अहिले आदेश पालना गरेको जिल्ला प्रहरी प्रमुख एसएसपी राजकुमार लम्सालले बताए ।

    स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशरी निरौलाले आफ्नुले पक्राउ गर्ने आदेश नदिएको तर गृहको फैसला कार्यान्वयनको सन्दर्भमा यस्तो हुन गएको बताएका छन् । अदालतका स्रेस्तेदार नरप्रसाद आचार्यले अदालतले कुनैपनी प्रकारको पक्राउ पुर्जी जारी नगरेको बताएका छन् ।

    यदी यो मुद्दा फिर्ता नलिए अदालतले उल्ट्याएर कारबाही गर्ने बताए । यस्ता मुद्दा त प्रचण्ड, बाबुराम र गृहमन्त्री बादलको नाममा भएको बताएका छन् । पीडितले आफुलाई किन पक्राउ गरिएको हो भन्नेबारे कुनै जानकारी नभएको बताएका छन् । उनले भने- “मलाई घरबाट पक्राउ गरेर ल्याइ प्रहरी चौकीमा ल्याएर पक्राउ पुर्जी दिएको हो ।”  कानुन अनुसार पक्राउ पुर्जी बिना कसैलाई पनि पक्राउ गर्न पाइदैन ।

    २०७५ मंसीर १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...