News Portal

  • मंसिर २१ गते क्रान्तिकारी सिटिईभिटीको सम्मेलन, शैक्षिक माफियाविरुद्ध चल्दैछ यस्तो अभियान

    संचारकेन्द्र संवाददाता
    १८९ पटक

    काठमाडौँ । पछिल्लोसमय नेपालको शिक्षा क्षेत्रमा भइरहेको दलाली र निजीकरणका बिरुद्ध निरन्तर संघर्ष गरिरहेको अखिल क्रान्तिकारी सिटिईभिटीको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

    नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय समिति अन्तरगत उपत्यका विशेष जिल्ला समितिले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

    संगठनले यही मंसिर २१ गते सम्मेलन गर्ने मिति तय गरेको थियो । उक्त सम्मेलनमा सिटिईभिटीसँग सम्बन्धन लिएका शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी प्रतिनिधि र पर्यवेक्षकको रुपमा सहभागी हुनेछन् ।

    क्रान्तिकारीको उपत्यका विशेष जिल्ला समन्वय समितिका संयोजक प्रज्ज्वल शाहीले दिएको जानकारी अनुसार सम्मेलन निकै भब्य हुने छ । पार्टीका उच्च तहको नेतृत्वबाट सम्मेलनको उद्घाटन गरिने बताउदै संयोजक शाहीले सम्मेलनमा करिब एक हजार विद्यार्थी सहभागी बताए ।

    शाहीका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेसँगै सहभागी हुने प्रतिनिधि र पर्यवेक्षकको छनौट प्रक्रिया समेत पुरा भइसकेको छ ।  शाहीले भने- “सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सबै प्रतिनिधि र पर्यवेक्षक छनोट भइसकेका छन्”।

    सम्मेलनले शिक्षामा भइरहेको दलालीकरण र माफियाकरविरुद्ध अभियानात्मक रुपमा संघर्षका कार्यक्रम ल्याउने समेत शाहीले जानकारी दिए । “प्राविधिक शिक्षालाई जनताको छोराछोरीले पढ्न नपाउने र केही मुठिभर हुनेखानेका छोराछोरीले मात्रै पढाउने षड्यन्त्र भइरहेका छन्, त्यसविरुद्ध पनि सम्मेलनले नयाँ निर्णय गर्नेछ” संयोजक शाहीले भने ।

    प्राविधिक शिक्षालाई सबैको पहुँचमा पुर्याउने भन्दै संघर्ष गरिरहेको अखिल क्रान्तिकारी र सिटिईभिटीबीच केही समय पहिले सम्बन्धन, छात्रवृत्ति बढाउनेलगायतका विषयमा सहमति भएको थियो । विगत लामो समयदेखि हुन नसकेको सिटिईभिटी सम्मेलनले नयाँ नेतृत्व चयन समेत गर्नेछ ।

    २०७५ मंसीर १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...