• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रकाण्डलाई गृहजिल्लामा ५० किलोको माला, बहिनी जैपुरा मञ्चमै भक्कानिएपछि रसाए धेरैका आँखा

    4.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई गृहजिल्ला कालिकोटका जनताले ५० किलोको फूलको माला लगाएर अभिनन्दन गरिएको छ।

    नेकपा कालिकोटले आयोजना बुधबार सदरमुकाम मान्मामा आयोजित जनसभामा सहभागी हुन गृहजिल्ला पुगेका प्रवक्ता प्रकाण्डलाई सहिद परिवारले ५० दिन हिराशत बसेको भन्दै ५० किलोको माला लगाएर अभिन्दन गरेका हुन्।

    कार्यक्रममा सहिद परिवारले अबिर लगाउँदै गर्दा प्रकाण्डकी बहिनी जैपुरा बिक भक्कानिएकी थिइन्। धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर उनी मञ्चमै भक्कानिएकी हुन्। बहिनी जैपुरा सानाे छाेरासिहत मञ्चमा पुगेकी थिइन् ।

    बहिनी रुन थालेपछि दाजु प्रकाण्डसँगै अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए भने कार्यक्रम उपस्थित सर्वसाधारणका समेत आँखा रसाएका थिए। नेकपाको सांस्कृतिक टिम सामना परिवारका प्रस्तुतिसहितको आमसभामा बोल्ने अधिकांश वक्ताले वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने उद्घोष गरेका छन्।

    कार्यक्रममा हजारौं स्थानीय नागरिकको सहभागिता थियो। कार्यक्रममा नक्कली कम्युनिस्टको शासन अन्तिम घडीमा पुगेको नेताहरुले बताएका छन्। सहिद परिवारले सहिदको सपना पूरा गर्न र सहिदको रगतलाई खोलाको पानी बनाउनेविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष गरेका छन्।

    प्रतिक्रिया