News Portal

  • निर्माण क्षेत्रमा संलग्न मजदुरमाथि गोली अन्धाधुन्ध चल्यो, २४ जनाको मृत्यु

    संचारकेन्द्र संवाददाता
    ५३२ पटक

    काठमाडौं । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर निर्माण क्षेत्रमा संलग्न कम्तिमा २४ जना मजदुरको हत्या गरेका छन् ।

    इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न मजदुरको गोली हानी हत्या भएको हो ।

    मजदुरको हत्या भएको विषयमा छानबिन गर्न गएको सुरक्षाकर्मीको टोलीमा संलग्न एक जनाको समेत गोली हानी हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

    प्रहरीले घटनामा पृथकतावादीको संलग्नता रहेको आरोप लगाएको छ । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

    उता फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा एक वृद्धाको मृत्यु भएको छ ।

    मार्से शहरमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको क्यानले लागेर ८० वर्षीया वृद्धाको मृत्यु भएको हो । प्रदर्शन भइरहेको स्थान नजिकैको अपार्टमेन्टमा बसेकी ती महिलाले झ्याल बन्द गर्न खोज्दा उनको अनुहारमा अश्रुग्यासको क्यानले लागेको थियो ।

    उनलाई उपचारका क्रममा अस्पतालमा भर्ना गरिएपछि निधन भएको अधिकारीहरुले जनाएका छन् । फ्रान्समा चर्किएको मूल्यवृद्धिविरुद्धको आन्दोलनका क्रममा यसअघि तीन जनाको मृत्यु भइसकेको छ ।

    फ्रान्समा पछिल्लो प्रदर्शनमा १ लाख ३६ हजार मानिस सडकमा उत्रिएको बताइएको छ । पहेंलो भेस्ट लगाएर विरोधमा उत्रिएकाहरुले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

    फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेको हो ।

    राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो । राष्ट्रपति म्याक्रोनले भने प्रदर्शन अनुचित भएको बताएका छन् । (एजेन्सी)

    २०७५ मंसीर १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...