News Portal

  • पार्टीभित्र बबण्डर मच्चिएपछि प्रधानमन्त्री ओलीले मुख खोले, यी नेता रहेछन् उनलाई फसाउने

    संचारकेन्द्र संवाददाता
    १२८२ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राजधानीमा सम्पन्न विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा आफूलाई फसाइएको दाबी गरेका छन् ।सटिमा सक्रिय सहभागिता जनाएका कारण सत्तारुढ नेकपाभित्रसमेत चर्को आलोचना भएपछि प्रधानमन्त्रीले निकटस्थहरुसँग त्यसबारे मुख खोलेका हुन् ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधव नेपालले आफूलाई फसाएको आरोप लगाएका छन् । सम्मेलनमा नेता नेपालको सक्रियता शंकास्पद थियो । ओलीका अनुसार नेता नेपालले नै ६ महिनाअघि उक्त कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए ।

    नेपालकै आग्रहमा आफूले युनिभर्सल सिप फेडेरेशन नेपालका अध्यक्ष एवं परिवार दलका नेता एकनाथ ढकाललाई भेटेको दाबी ओलीको छ ।ओलीलाई प्रधानमन्त्री निवासमा भेटेका नेकपाका एक नेताले दिएको जानकारीअनुसार वरिष्ठ नेता नेपालले ‘शान्ति र विकासका लागि सम्मेलन’ हुन लागेकाले सहभागी भइदिन आग्रह गरेका थिए ।

    ओलीलाई कार्यक्रममार्फत नेपालमा विदेशी पर्यटक आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्य रहेको भनिएको थियो । ‘मलाई माधव नेपालजीले शान्ति र विकास उम्मेलनको उद्देश्य हो भन्नुभएको थियो’, ओलीले भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उद्देश्य राम्रै लागेर हुन्छ भनिदिएँ, पछि मात्र मलाई फसेको भान भयो ।’

    यता प्रधानमन्त्री ओलीले पाएको एक लाख डलरको पुरस्कारलाई कोष बनाएर खर्च गरिने भएको छ । काठमाडौँमा हालै सम्पन्न एशिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’मा प्राप्त एक लाख डलरलाई कोष बनाएर खर्च गरिने भएको हो । यसमा सरकारले थप एक लाख डलर थपेर कोष बनाउने भएको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो ।

    यसअघि आइतबार साँझ एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्डका लागि तक्मासहित नगद पुरस्कार दिइएको थियो । फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई पुरस्कार प्रदान गरेकी थिइन् ।

    पुरस्कार ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले यूवाका लागि काम गर्ने कोष बनाउने गरी रकम सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीकै घोषणा अनुसार मन्त्रिपरिषद्ले शान्ति, सुशासन र विकास कोष स्थापना गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

    २०७५ मंसीर १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...