News Portal

  • ‘प्रधानमन्त्री ज्यू, कि एकनाथ ढकाललाई जेल हाल्नुहोस्, नत्र राजीनामा दिनुहोस्’ (भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    ८४४ पटक

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री भीम रावलले क्रिस्चियन धर्म प्रचारक एकनाथ ढकाललाई जेल हाल्न माग गरेका छन् । नत्र प्रधानमन्त्री केपी शर्मा ओलीले अब विलम्ब नगरी राजिनामा दिनुपर्ने उनको तर्क छ ।

    आइतबार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् । हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिट–२०१८ मा सरकारले स्पोन्सर गरेर गलत काम गरेको पनि आपत्ति जनाए । यो सम्मेलन गर्न खर्च भएको पैसाको छानबिन हुनुपर्नेपनि रावलको माग छ ।

    एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली खुलेरै सहभागि भए । सम्बोधन गर्नेदेखि अवार्ड थाप्नसम्म उनी खुशीका साथ सक्रिय भए ।समिटका लागि आएका विदेशी पाहुनालाई पनि उनले उच्च प्राथमिकताका साथ भेटवार्ता गरे ।

    क्रिस्चियन धर्मको प्रचार गर्न लागि गरिएको भनिएको समिटको सर्वसाधारणले विरोध गरिरहँदा ओलीले भने विरोध र आलोचनाको बेवास्ता गरे ।

    समिटकै कारण ओलीलाई पार्टीभित्रैबाट विरोध सुरु भएको छ । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता भीम रावलले खुलेरै विरोध गरे ।

    क्रिस्चियन धर्म प्रचारक एकनाथ ढकालको पछि लागेर ओलीले गम्भीर भूल गरेको रावलको आरोप छ । उनले यस विषयमा आगामी स्थायी समिति बैठकमा कुरा उठाउने चेतावनीसमेत दिए ।

    अन्य कतिपय नेताहरुले पनि ओलीको सहभागिताप्रति असन्तुष्टी व्यक्त गरेका छन् । सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल उपस्थित भएनन् । अर्का वरिष्ठ नेता माधव नेपाल भने आयोजककै हैसियतमा थिए ।

    प्यासिफिकको नाममा धर्म प्रचार, प्रधानमन्त्रीलाई नै क्रिस्चियन बनाउने खेल: एसिया प्यासिफिक समिटको दोस्रो अर्थात्  गत ज्१६ गते दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनले आज ३ सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रम थियाे । माताबाट ब्लेसिङ लिन प्रधानमन्त्री दम्पतीसहित तीन सय जोडीलाई निम्ता गरिएको रहेछ ।

    तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने ब्लेसिङमा सहभागी भएनन् । कोरियाली माताकाे हातबाट प्रधानमन्त्रीले ‘गुड गभर्नेन्स अवार्ड’ भने थापे । यहाँ खास कुर के छ भने बिभिन्न बिबादपछि प्रधानमन्त्रीले ब्लेसिङ नलिने बताएपछि योजकले चलाखीपूर्वक ब्लेसिङ समारोहमै अवार्ड दिने सेड्युल बनाएछ ।

    ब्लेसिङ र ‘होली वाइन’ काे माध्यमबाट प्रधानमन्त्री ओलीलाई क्रिस्चियन बनाउने अाफ्नाे तयारी खेर जाने भएछि आयोजक यूनिभर्सल पिस फेडरेसन नेपालले ब्लेसिङ कार्यक्रमको नाम फेरेछ । यूपीएफले दिएको नयाँ प्रोग्राम सेड्यूलमा यसलाई ‘पीस एन्ड फेमिली फेस्टिबल सेरिमोनी’ नाम दिइयो । तर एक जानकारका अनुसार उक्त समारोहको मूख्य चिज भनेको ब्लेसिङ नै थियाे ।

    पुरानो सेड्यूलमा साढे ४ बजे प्रधानमन्त्री दम्पतीलगायत चार हजार जोडीले माताबाट ब्लेसिङ लिने र मुन परिवारको सदस्य बन्ने उल्लेख थियो । प्रधानमन्त्री नै सहभागी नहुने भएपछि आयोजक निराश बन्ने नै भयो ।

    ब्लेसिङका लागि देशभरका मेयर तथा उपमेयरहरुलाई जोडीसहित निम्तो गरिएको थियो । तर, विवाद आएपछि कसैले ब्लेसिङ लिए कसैले लिएनन् ।

    के हो ब्लेसिङ ?

    ब्लेसिङको सोझो अर्थ आशिर्वाद हो, तर यो यतिमै सिमित भने छैन । यूनिफिकेसन चर्चका संस्थापक सन म्योङ मूनले आफ्नो वंश विश्वव्यापीरुपमा फैलाउने सोच राखेका थिए । यही सोचअनुसार उनले सुरुको चरणमा ४ सय महिलाहरुसँग आफैंले यौनसम्वन्ध राखेको बताइन्छ । तर, यसबाट मात्र साध्ये नभएपछि जोडीहरुलाई ‘ब्लेसिङ’ दिने परम्परा सुरु गरेका हुन् ।

    पहिलो श्रीमतीसँग डिभोर्सपछि १९६० मा मुनले आफूभन्दा २३ वर्ष कान्छी हाक जा हान मुनसँग दोस्रो बिहे गरेका थिए । त्यसपछि आफ्नो जोडीलाई उनले ‘ट्रु प्यारेन्ट्स’ (सच्चा मातापिता) भन्न लगाए र अन्य जोडीहरुलाई ब्लेसिङ दिन सुरु गरे ।

    कोरियामा पहिलोपटक ब्लेसिङ समारोह आयोजना हुँदा ३६ जोडी सहभागी थिए, जसमध्ये १२ जोडी पूर्वविवाहित थिए । त्यबिेला मुनले रक्सीमा आफ्नो गोप्य चिज हालेर झोलपदार्थ तयार गरी जोडीहरुलाई खान दिए । यसलाई ‘होली वाइन’ भन्न थालियो । यही ‘होली वाइन’ पिउनु नै ब्लेसिङको सबैभन्दा महत्वपूर्ण रीति हो ।

    मुनका अनुयायीहरुले आफूखुशी विहे गर्न पाउँदैनन् । उनीहरुले आफ्नो फोटो लिडरलाई पठाएपछि लिडरले जोडीहरुको ‘म्याचिङ’ गर्छन् । पहिले यो काम मुन आफैंले गर्थे । तर उनी एक्लैले नभ्याउने भएपछि सम्वन्धित देशका लिडरहरुलाई जिम्मेवारी दिन थालियो । नेपालमा पनि यो संस्थामा लागेकाहरुले लिडरहरुबाट ‘म्याचिङ’ गराइएको व्यक्तिसँगै नै बिहे गर्नुपर्छ । यसरी जोडी छानिदिने काम अन्तर्राष्ट्रिय लिडर एकनाथ ढकाल र नेपाल लिडर सन्तोष पौडेलले गर्ने गरेका छन् ।

    यसरी म्याचिङमार्फत बनेका गाँसिएका जोडीहरुले बिहे गर्दा ‘ब्लेसिङ’ लिनै पर्छ । उनीहरुका लागि ब्लेसिङ नै विवाह हो । यूपीएफले विभिन्न समयमा सामुहिक विवाह वा ब्लेसिङ आयोजना गर्ने गरेको छ । सबैभन्दा ठूलो समारोह १९९७ मा न्यूयोर्कमा भएको थियो, जहाँ २८ हजार जोडीहरुले भाग लिएका थिए । सुरु–सुरुमा चर्चका सदस्यहरुलाई मात्रै ब्लेसिङ दिइन्थ्यो, पछि अरुलाई पनि दिन थालियो । नेपालमा पनि बारम्बार ब्लेसिङ समारोह भइराख्छ ।

    यस्तो हुन्छ प्रक्रिया

    पापको अन्त्य र नयाँ सुरुवात गर्ने भन्दै जोडीहरु आपसमा तीनपटक टाउको ठोकाउँछन्, जसलाई चास्टेनिङ सेरेमोनी भनिन्छ र मुनको पापरहित बंशमा समाहित हुने भन्दै जोडीहरुले होली वाइन पिउँछन्, जसलाई होली वाइन सेरिमोनी भनिन्छ ।

    क्रिस्चियन शैली अनुसार जोडीहरुले कसम खान्छन् । सञ्चालकले एउटा प्रार्थना गर्छ र जोडीहरुलाई होली वाटर सेचन गरिन्छ । यसलाई होली ब्लेसिङ सेरेमोनी भनिन्छ । ४० दिनसम्म जोडीहरु शारीरिक सम्वन्धबाट टाढा रहन्छन् । यसलाई सेपेरेसन पिरियड भनिन्छ ।

    सेपेरेसन पिरियड सकिएपछि लगातार तीन दिनसम्म फादर मुनको तस्वीर अगाडि राखेर जोडीहरुले यौनसम्पर्क राख्नुपर्छ, यसलाई थ्री डे सेरिमोनी भनिन्छ । यौन सम्पर्क राख्ने आसन पनि मुनले तोकेका छन् ।

    वास्तविक प्रक्रिया यस्तो भए पनि नेपालमा आज आयोजना गरिने ब्लेसिङ भने देखावटी मात्रै हो । यसमा धेरै प्रक्रियाहरु ‘स्किप’ गरिने सम्भावना छ । त्यसो त अहिले आयोजकहरु ब्लेसिङको कार्यक्रम नै नभएको दावी गर्न थालेका छन् । यूपीएफका नेपाल लिडर सन्तोष पौडेलले अनलाइनखबरसँग झोक्किदै भने, ‘ब्लेसिङ स्लेसिङ केही हुँदैन, फेमिली फेस्टिबल मात्रै हुने हो ।’

    २०७५ मंसीर १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...