News Portal

  • राष्ट्रपतिलाई किन्न खोजिएको गाडी १८ को हैन १४ करोडको हाे : अर्थमन्त्री खतिवडा

    संचारकेन्द्र संवाददाता
    ११९ पटक

    काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् ।

    नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले भने, ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन ।’

    यसपछिको अनौपचारिक कुराकानीमा उनले सरकारले राष्ट्रपतिको लागि किन्न लागिएको गाडीहरुको मूल्य १४ करोड रुपैयाँ भएको जानकारी दिए ।

    अर्थमन्त्री खतिवडाले ८ प्रतिशत आर्थिकवृद्धिको लक्ष्य हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी १४ खर्ब रूपैयाँ लगानी आवश्यक भएको बताए ।

    स्वदेशी पुँजीबाट मात्र यो सम्भव नभएकाले विदेशी पुँजी पनि आवश्यक भएको उनको भनाइ छ । व्यापारघाटा तीब्र गतिमा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले विमान खरिद र जलविद्युत उपकरण खरिदमा ठूलो रकम बाहिरिँदा यस्तो अवस्था आएकोे जिकिर गरे ।

    अप्रत्यक्ष रूपमा व्यापार घाटाको बचाउसमेत गर्दै उनले भने, “निर्यात घट्दै जाने र आयात बढ्दा सरकारको चालू खाता र शोधानान्तर स्थिति घाटामा छ, यसमा हामी गम्भीर छौं ।” यो समाचार आजको कारोबार दैनिकमा छ ।

    २०७५ मंसीर १७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...