News Portal

  • आईजीपी खनालको बर्खास्तीका लागि गगन थापाले आन्दोलन गर्ने, यस्तो छ तयारी

    संचारकेन्द्र संवाददाता
    १८० पटक

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वेन्द्र खनाललाई आईजीपीबाट हठात् हटाउनका लागि अभियान नै छेड्नुपर्ने बताएका छन् । आईजीपी खनाल मानव अधिकारको चरम विरोधी भएको उनको तर्क रहेको छ ।

    ‘घैटेले प्रचलित कानूनको सामान्य उल्लंघन ग¥यो पनि होला, उसलाई मुठभेडको नाममा मार्ने व्यक्ति यही आईजीपी हो, त्यसैले यसलाई म कहिलै समर्थन गर्न सक्तिन’ थापाको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो ।

    ‘निर्मला पन्त प्रकरणलाई कांग्रेसले उछाल्नु पर्ने तीन आयाम रहेको छ’ भन्दै थापाले प्रष्ट्याएको भन्दै स्रोतले भन्यो– ‘पहिलो, नेकपाको सरकारप्रति जनतामा अविश्वास र घृणा पैदा गराउने, सरकारलाई बलियो हुन नदिने, दोस्रो, अन्तर्राष्ट्रिय संघ/संस्था, जनमतलाई वामपन्थी सरकार महिलाको सुरक्षामा असफल छ भन्ने सावित गर्न, तेस्रो, कम्तीमा अनुसन्धानमा प्रहरीको असफलता सावित गरेर सर्वेन्द्र जस्ता मानव अधिकार विरोधी उच्च प्रहरी अधिकृतलाई बर्खास्त गरी प्रहरी अधिकारीहरुको मनोबल खस्काउने ।’

    प्रहरी आईजीपीलाई तत्काल बर्खास्त नगरे यो आन्दोलन गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा समेत माग्ने आधार बन्ने आँकलन सांसद थापाको रहेको स्रोत बताउछ ।

    निर्मला पन्तको न्यायको लागि चलेको आन्दोलनमा नेपाली कांग्रेसले देशैभरि व्यवस्थित ढंगले लागेर पार्टीको विग्रेको शाख पुनस्र्थापित गर्नुपर्ने गगन थापाको भनाइ रहेको बताइएको छ । (यो समाचार साँघु साप्ताहिकबाट साभार गरिएको हो)

    २०७५ मंसीर १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...