News Portal

  • निर्मलाका लागि न्याय माग्दा ओलीको धम्की र धरपकड: दर्जन गिरफ्तार, के भन्छन् प्रहरी प्रवक्ता ?

    संचारकेन्द्र संवाददाता
    १९४ पटक

    काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

    निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्यातेको प्रहरीको टोलीले शनिबार त्यही स्थानमा गरिएको सांकेतिक विरोध कार्यक्रमलाई रोक्ने प्रयास गर्‍यो। विरोध कार्यक्रमलाई रोक्नैका लागि माइतीघर मण्डलादेखि धोबीखोला पुलसम्म ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रही तैनाथ गरिएको थियो। मध्याह्न १२ बजे थाल्ने भनिएको कार्यक्रम प्रहरीले माइतीघर मण्डलामा प्रवेश नै गर्न नदिएपछि करिब एक घण्टापछि सुरु भएको थियो।

    निर्मलाको पक्षमा अभियान चलाइरहेकी सिर्जना विश्वकर्मासहितका युवालाई शुक्रबार मात्रै प्रहरीले माइतीघरबाट पक्राउ गरेर हिरासतमा लिएको थियो। ‘हामीले माइतीघर क्षेत्रमा पोस्टर टाँस्नसमेत पाएनौं, हामीले टाँसेको पोस्टरसमेत माथिको आदेश भन्दै प्रहरीले च्यातिदियो’, निर्मलालाई न्याय अभियानकी सदस्य सिर्जनाले शनिबारको कार्यक्रममा भनिन्, ‘निर्मलाको पक्षमा राजधानीमा टाँसिएका पोस्टर गृहमन्त्रालयको ठाडो आदेशमा रातारात च्यातिदियो।’

    बलात्कारपछि निर्मलाको हत्या भएको सय दिन पुग्न लाग्दा उनको न्यायका कार्यक्रमसमेत नगर्नु भन्दै धम्की दिन थालेको अभियन्ताले बताएका छन्। शनिबारको कार्यक्रमलाई पनि रोक्न प्रहरीले पटक पटक फोन गरेर धम्की दिएको दाबी एकजना अभियन्ता प्रितम सुवेदीले गरे। ‘शुक्रबार निर्मलाको तस्बिरसहितको पोस्टर च्यातिदिएपछि शनिबार कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने भन्दै प्रहरीबाट पटक पटक धम्कीपूर्ण फोन आयो’, सुवेदीले भने, ‘यदि सडकमा निस्किएमा गृहमन्त्रालयको आदेश अनुसार पक्राउ गरेर थुन्ने भन्दै तर्साउने काम प्रहरीबाट भयो, प्रहरीले धम्की दिए पनि कार्यक्रम गर्न सफल भएका छौँ।’

    सुवेदीले शुक्रबार माइतीघर क्षेत्रसहितका राजधानीका सडकमा टाँसिएका पोस्ट प्रहरीले च्यातेपछि यो अभियानलाई अझै व्यापक बनाउने बताए। ‘निर्मलालाई न्याय अभियान अब देशभर फैल्याउन पोस्टर अभियान थाल्दैछौँ’, उनले भने, ‘अब निर्मलाको तस्बिरसहितको पोस्टर न्याय माग्दै टोल टोल र गल्ली गल्लीमा टाँसिनेछ।’

    अर्का अभियन्ता चेवन घिमिरेले दुईतिहाइ बहुमतको आडमा सरकाले निर्मलाका लागि न्याय अभियानलाई दबाउन खोजेको भन्दै आफूहरु यो अभियानबाट पछि नहट्ने बताए।

    निर्मलाका लागि न्याय अभियानका सदस्यहरुले आफूहरुलाई प्रहरीबाट कार्यक्रम नगर्न धम्की आएको बताइरहँदा नेपाल प्रहरीले भने त्यस्तो नभनिएको जनाएको छ। नेपाल प्रहरीले राजधानीमा जारी एसिया प्यासिफिक सम्मेलनमा आएका विदेशी पाहुनाको बाटोमा अवरोध पुग्न सक्ने भएकाले कार्यक्रम नगर्न अनुरोध मात्रै गरिएको दाबी गरेको छ।

    नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले कार्यक्रम रोक्न गृहमन्त्रालयबाट कुनै आदेश नआएको बताए। उनले कार्यक्रम रोक्नु भनेर कसैलाई धम्की नदिइएको बताउँदै केबल अनुरोध मात्रै गरिएको स्पष्टिकरण दिए।

    ‘राजधानीमा धेरै देशका उच्च पदका पाहुना आएकाले सडक अवरुद्ध हुने सम्भावनालाई ख्याल गर्दै त्यस्ता कार्यक्रम केही दिन नगर्न अनुरोध मात्रै गरेका हौँ’, सुवेदीले अन्नपूर्णसँग भने, ‘सडकमा विरोध कार्यक्रम तथा प्रदर्शन गर्ने क्रममा विदेशी पाहुनाको सवारी रोकिन पुगे देशकै बेइज्जत हुने भएकाले सजग हुन आग्रह गरिएको हो, हामीले धम्की दिने कुरै छैन।’

    २०७५ मंसीर १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...