News Portal

  • बंगलामा जेठी, अपार्टमेन्टमा कान्छी ! यस्ताे अनौठो छ ‘हाइप्रोफाइल’ पुरुषहरुको जीवन

    संचारकेन्द्र संवाददाता
    १९७ पटक

    काठमाडौं । नेपालका एक नाम चलेका उद्योगका उपकार्यकारी प्रमुखको घर काठमाडौंमा छ । उनी ललितपुरमा रहेको अपार्टमेन्टमा साताको दुई पटक आउँछन् ।

    त्यहाँ उनकी पत्नी छिन् । तर, जेठी होइन, कान्छी । कुनै बेला उक्त उद्योगमा कर्पोरेट क्षेत्रमा काम गर्ने ति युवतीसँग उनले गुपचुप बिहे गरेका थिए । युवती पनि उच्च ओहदा र टन्न आम्दानी भएका ति व्यक्तिसँग बस्न राजी भइन् । अहिले युवती काम गर्दिनन्, ति व्यक्तिको साताको निरन्तरता जारी छ ।

    उनको काठमाडौंको बंगलामा भने जेठी पत्नी र परिवार बस्छन् । उनको जीवनमा कुनै पनि परिवर्तन छैन, व्यवस्तताकाबीच उनी यसरी नै समय बिताइरहेका छन् ।

    मोरङमा परिवारसँग बसीरहेका एक जना ठेकेदारले काठमाडौंमा घरमा कान्छी पत्नी राखेका छन् । उनी काठमाडौंमै बस्न थालेका छन् । सम्भवतः उनकी जेठी पत्नीलाई पनि उनको अर्को बिहेबारे जानकारी छ । तर, गुपचुप नै राखेका छन् ।

    धेरै धन कमाएका र समाजमा राम्रो प्रभाव राख्न सक्ने उच्च धनाड्यको जीवन सौखिन हुन थालेको छ । कसैले काठमाडौंका फरक ठाउँमा त कसैले विदेशसम्म पनि आफ्नो सम्पत्ती जोडेका छन् । उनीहरूको सम्बन्धका बारेमा परिवारमा जानकारी भए पनि समाजमा त्यसरी देखाउने गरिएको छैन ।

    सामाजिक सञ्जालका माध्यमबाट यदाकदा सार्वजनिक भए पनि त्यसमा हेक्का राखिएको छैन । न त उनीहरूलाई बहुविवाहका मुद्दा नै छन् ।

    ‘काठमाडौंका अपार्टमेन्टलगायतका ठाउँको किनबेच बढ्नुको रहस्य त्यसलाई खरिद गर्न सक्नेको पोस्टम्यारिज अफेयर्स र कान्छी बनाउने रहर पनि हो’, एक जानकार भन्छन्, ‘दाबीका साथ भन्छु उच्च पदस्तदेखि ठूला व्यापारीका यस्ता सम्बन्ध त्यहिँ छताछुल्ल हुन्छन् ।’

    विभिन्न निकायसम्म राम्रो पहुँच भएकालाई कानुनले पनि छुन नसक्ने हुँदा यो क्रम बढिरहेको छ । खासगरी मनग्गे आम्दानी हुने र हाइप्रोफाइल परिवारमा यस्ता सम्बन्धका विविधता हुने गरेका छन् । ‘कतिपयले सम्बन्ध विच्छेद भएपछिको जीवन सुरक्षित बनाउनका लागि पनि यसरी पहिला नै तयारी गरेका हुनसक्छन्’, समाशास्त्रीहरू भन्छन्,‘यो हेर्दा ठूलो देखिए पनि पश्चिमा समाजको रितीअनुसार सामान्य नै मान्नुपर्छ ।’

    हाइप्रोफाइलका यौन र वैवाहिक जीवनमा खटपट हुँदा पनि परिस्थिति र घटनाले यस्ता दृश्यहरू बनाउने गरेका छन् । यी घटना सामान्य हिसाबले सम्बन्ध बिच्छेदका आधारबाट टुंगिने समेत गरेको बताइन्छ ।

    कतिपय हाइप्रोफाइलका पत्नी अलग्गै बस्नु, एकल जीवनमा पनि बिना झमेला बस्न सक्नुमा पैसा र शक्तिले काम गरेको हुन्छ । काठमाडौंमा यस्तो जीवन हाइप्रोफाइलका लागि अति सामान्य हुने गरेको बताइन्छ ।

    ‘सेलिब्रिटीमा मात्र होइन त्यसभन्दा बाहेक पहुँच राख्नसक्ने हरेकका जीवनमा यस्ता घटना छन् । तर ति बाहिर आएको पाइँदैन’, जानकारहरू बताउँछन् । दैनिक नेपालबाट

    २०७५ मंसीर १५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...