News Portal

  • निर्मलाको न्यायका लागि संघर्षमा होमिदै नेकपा, कंचनपुरवासीलाई गर्‍यो यस्तो अपिल (विज्ञप्तिसहित)

    संचारकेन्द्र संवाददाता
    ९७४ पटक

    कंचनपुर । कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्दा समेत अपराधि पत्ता लाग्न नसकेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले देशब्यापी प्रदर्शनको घोषणा गरेको छ ।

    गत मंसिर ८ गते पार्टी पुनर्गठनको अवसरमा नेकपाले काठमाडौंको भृकुटीमण्डपबाट मंसिर १६ गते देशभर विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो । त्यसै अनुसार उक्त उक्त पार्टीले १६ गतेको काठमाडौं र कंचनपुरसहित ७७ वटै जिल्लाहरु एकसाथ् विरोध र दवावमुलक कार्यक्रम आयोजना गरेको छ ।

    यसैबीच नेकपा कंचनपुरले निर्मलाको न्यायका लागि १६ गते बृहत जनप्रदर्शन गर्न लागेको भन्दै सहभागी भइदिन सबैलाई आव्हान गरेको छ । नेकपा कंचनपुरक जिल्ला इन्चार्ज अग्नी र सेक्रेटरी परिवर्तनले एक विज्ञप्ति जारी गर्दै जनप्रदर्शनमा सहभागिताका लागि सबै कंचनपुरवासीलाई आव्हान गरेका हुन् ।

    अपराधीहरु कानुनी कठघरामा ल्याउने सवालमा राज्यले लाचारी र गैरजिम्मेवारीपन देखाएर अपराधिलाई संरक्षण गर्ने काम गरेको भन्दै इन्चार्ज अग्नी र सेक्रेटरी परिवर्तनले सरकारको यसप्रकारको हर्कतले सम्पुर्ण नेपाली जनता लज्जित हुनुपरेको बताएका छन् ।

    ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्दा पनि अहिलेसम्म अपराधीहरु कानुनी कठघरामा आउन सकेका छैनन् ।’ विज्ञप्तिमा भनिएको छ- ‘यो घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र आपराधिलाई संरक्षण गर्ने गतिविधिले सम्पुर्ण आम नेपाली जनसमुदायलाई लज्जित तुल्याएको छ । राज्यको यस्तो घृणित र लज्जास्पद कार्यप्रति घोर भत्सर्ना र तिब्र घृणा व्यक्त गर्दछौं ।’

    कंचनपुरको कार्यक्रमलाई नेकपा पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गर्ने सेक्रेटरी परिवर्तनले संचारकेन्द्रलाई बताए ।

    हेर्नुहोस् विज्ञप्ति

    २०७५ मंसीर १५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...