News Portal

  • सशस्त्रलाई हराउँदै थ्रीस्टार शीर्ष स्थानमा

    संचारकेन्द्र संवाददाता
    २९ पटक

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब शीर्ष स्थानमा पुगेको छ । शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टार शीर्ष स्थानमा पुगेको हो ।

    एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा भएको खेलमा थ्रीस्टारलाई जिताउन दुवै गोल रन्जन विष्टले गरे । विष्टले खेलको २५औं र ६६औं मिनेटमा गोल गरेका थिए ।

    एनआरटीमाथि पुलिस हाबी- शुक्रबारै सातदोबाटोमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले न्यूरोड टिम (एनआरटी)लाई ३–० ले पराजित गर्‍यो । एकतर्फी खेलमा पुलिसलाई जिताउन निरकुमार राईले दुई तथा अभिषेक रिजालले एक गोल गरे ।

    एनआरटी सबैभन्दा कमजोर- जारी लिगमा पाँच खेलबाट १२ अंकसहित थ्रीस्टार शीर्ष स्थानमा पुग्दा एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ ।

    समान १० अंकबाट त्रिभुवन आर्मी, नेपाल पुलिस र हिमालयन शेर्पा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । जारी लिगमा एनआरटी सबैभन्दा कमजोर टिम बनेको छ । पाँच खेलबाट १ अंकसहित पुछारमा रहेको एनआरटीको गोलअन्तर ‘माइनस ११’ रहेको छ ।

    १४ टोली सहभागी प्रतियोगितामा समान अंकसहित गोलअन्तर ‘माइनस ५’ रहेको फ्रेन्ड्स १३औं र गोलअन्तर ‘माइनस ४’ रहेको जावलाखेल युथ क्लब १२औं स्थानमा छन् ।

    २०७५ मंसीर १४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...