News Portal

  • सत्र वर्षदेखि एचआइभीविरुद्ध लड्दै दीक्षा, भन्छिन्- जीवनको अन्त्य हैन सुरुवात हो

    संचारकेन्द्र संवाददाता
    ५२ पटक

    नारायण अधिकारी, चितवन । सत्र वर्षदेखि एचआइभीसँग लड्दै आउनु भएकी अभियान्ता दीक्षा रिमाल यो सङ्क्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको बताउछिन ।

    एचआइभी सङ्क्रमित भनेपछि समाजले घृणा गर्ने पहिलेको समयमा सञ्चार माध्यमको अगाडि खुलेर आफू सङ्क्रमित भएको घोषणा गर्ने दीक्षा यतिबेला पनि सङ्क्रमण रोक्न र भैसकेकालाई प्रेरणाको जीवन बाच्न क्रियाशील छिन ।

    भरतपुर महानगरपालिका–१२ निवासी रिमालमा विसं २०५८ मा एचआइभी सङ्क्रमण देखिएपछिका उनको जीवन निकै उतारचढावमा बित्दै आएका छन् । समाजलाई एचआइभी सङ्क्रमणको बारेमा बुझाउनेदेखि हुन नदिन र भैसकेकालाई सहज जीवनयापनका लागि उनको यात्रा जारी छ ।

    लागुऔषधमा लिप्त श्रीमान्बाट सङ्क्रमित भएकी दीक्षाको सन्तान पनि सङ्क्रमणबाट मृत्यु भएपछि श्रीमान्बाट अलग जीवन बिताउँदै आएकी उनी यतिबेला सङ्क्रमित भएर पनि स्वस्थ देखिन्छिन ।

    दैनिक एकपटक एन्टीरेक्टो भाइरल (एआरभि) प्रयोग गर्दै आएकी दीक्षाकै कारण सङ्क्रमण भएका समुदायमा खुल्न थाले । उनले भनिन- “मेरो जीवन निकै कष्टकर बितेर यहाँसम्म आयो । अरु सङ्क्रमितले यो कष्ट व्यहोर्न नपरोस् भनेर सङ्घर्ष गर्दै आएकी छु ।”

    उनले आफू सङ्क्रमित भएपछि चितवन सक्रिय समूहको नामबाट गैरसरकारी संस्था गठन गरिन । समुदायलाई एचआइभीका बारेमा बुझाउन थालिन । यसका लागि उनी पर्चा बोकेर सडकमा पनि पुगिन ।

    उनले स्मरण गरिन- “सडकमा मान्छेहरूले सोध्थे तपाइँहरू नि भारतको बम्बइबाट फर्केको हो ?” यस्ता प्रश्न आउन थालेपछि उनका साथी पर्चा टाँस्न जान हिच्किचाउन थाले । उनीहरुको अभियान जारी नै रह्यो । पछि उनीहरुले लोकदोहोरी कार्यक्रम गरेर संस्थाका लागि पैसा जम्मा गर्न गरे । “गाउँका मानिस सङ्क्रमितका कार्यक्रम हेर्न आउँदैनौ भन्थे । हामी घरघरमै गएर बुझाउने प्रयास गथ्र्यौं” उनले सङ्घर्षका दिन सम्झँदै भनिन ।

    अभियानका क्रममा खाजा खान रेष्टुरेण्टमा बस्दा सँगैको टेबुलमा बसेकाहरुले लामखुट्टेले टोकेर पनि सर्न सक्छ भनेर उठ्ने गरेको उनले बताइन । उपचार गर्न अस्पताल पुग्दा चिकित्सकले उपचार नगर्ने, बसमा यात्रा गर्दा सँगै बस्न अरु नमान्ने जस्ता विभेद सहनु परेको रिमाल बताउछिन ।

    सबै सङ्घर्षसँगै समाज र विश्वले उनलाई सम्झेको छ । सङ्क्रमितको हौसला बढाउन सन् २००५ मा ‘मिस एचआइभी स्टिगमा फ्री’ प्रतिस्पर्धा आयोजना गरियो । एचआइभी सङ्क्रमित कम छैनन्, उनीहरूले केही गर्न सक्छन् भन्ने उद्देश्यले गरिएको प्रतिस्पर्धामा आठ जना सहभागी भएका थिए । उपाधि दीक्षाले नै जितिन ।

    उनको संस्थाको नाम दुई वर्ष अघिदेखि चितवन सक्रिय महिला प्रतिष्ठान भनेर संशोधन गरिएको छ । सन् २०१६ मा १० हजार अमेरिकन डलर राशिको अन्तर्राष्ट्रिय रेड रिभन अवार्ड जितेपछि उनी अन्तर्राष्ट्रिय जगतमा पनि चिनिइन ।

    रिमालले यसअघि १५ देशमा एचआइभी सङ्क्रमितको ‘केस स्टडी’ पुरस्कारसमेत पाएकी छिन । उनको विषयमा तयार गरिएको वृत्तचित्र सिङ्गापुरमा गएर देखाउने अवसर पनि रिमालले पाइन ।

    समुदायले सहयोग गरेमा अरु सरह सङ्क्रमितहरु बाँच्न सक्ने उनको भनाइ छ । “मुख्य रुपमा सङ्क्रमितहरुमा आत्मबल हुनुपर्छ, अरुभन्दा स्वस्थ भएर हिड्न सकिन्छ” उनले भनिन ।

    उनकै नेतृत्वमा एचआइभी सङ्क्रमित बच्चाका लागि जिल्लामा साङ्गीतिक कार्यक्रम गरी रु १३ लाख सङ्कलन गरेर उनीहरुको पालनपोषणमा खर्च गरिदै आएको छ । यससँगै देशका विभिन्न जिल्लाका सङ्क्रमितका लागि रिमालको संस्थाले काम गर्दै आएको छ ।

    २०७५ मंसीर १४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...