• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    पत्रकार चन्दलाई तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार सङ्गठनको माग, दियो यस्तो चेतावनी (विज्ञप्ति)

    4.2K
    SHARES


    काठमाडौं । क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालले पत्रकार गोपाल चन्दको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । साथै चन्दको यथासिघ्र रिहाइको माग गरेको छ ।

    संगठनका अध्यक्ष डिल्ली रावत र महासचिव बाबुराम भुषालले मंगलबार नै एक बिज्ञप्ति जारी गर्दै पोष्टपाटी डटकमका सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    ‘कुनै पनि पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’ विज्ञप्तिमा भनिएको छ- ‘नेपालको संविधान २०७२ ले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको बर्खिलाप हुने गरि गरिएको उक्त पक्राउ निन्दनीय छ ।’

    संविधानले दिएको अधिकारलाई प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको भन्दै विज्ञप्ति अगाडि लेखिएको छ- ‘सुचना तथा समाचारलाइ जनताको बीचमा पु¥याउनु पत्रकारको कर्तव्य हो । समाचार सत्य हो वा होईन भन्ने विषयमा त्यसको नियमन गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै पत्रकारलाई अपराधी जस्तै हत्कडी लगाउनु नेपालको प्रचलित विधि र कानुनको उपहास हो ।’

    अध्यक्ष रावत र महासचिव भुषालले यस्ता प्रेस विरोधी हर्कतको घोर भत्र्सना गर्दै पत्रकार चन्दलाई बिनासर्त रिहा गर्न जोडदार माग गरेका छन् । अन्यथा कडा संघर्षमा जाने विज्ञप्तिमा उल्लेख छ । प्रचण्डमाथि खुकुरी प्रहार भएको समाचार प्रकाशित गरेको आरोपमा पत्रकार चन्दलाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ ।

    गत मङ्सिर ६ गते पोष्टपाटीमा ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार अर्को अनलाइनबाट साभार गरिएको पोस्टपाटीका सन्चालक केवी गुरुङले संचारकेन्द्रलाई बताए ।

    महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार चन्दलाई मनमैजुबाट नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन अन्तरगत अनुसन्धान थालिएको छ । उनको अनलाइन सूचना विभागमा पनि सूचिकृत छ । सूचीकरणमा रहेका अनलाइनका समाचारबारे प्रेस काउन्सिलले हेर्ने गरेकाे छ ।

    पछिल्लो समय समाचार ब्रेक गर्ने होडबाजीका कारण अपुष्ट सूचनालाई आधार मानी समाचार प्रकाशन गर्दा पत्रकारहरुले दु:ख पाउने गरेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया