• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    जनताको व्यबस्थाका लागि एकीकृत जनक्रान्ति, त्यसैले म नेकपामा प्रवेश गरे: पूर्व सांसद थारु

    4K
    SHARES

    दिया चन्द, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता पुरन राना थारुले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत मात्रै बैज्ञानिक समाजवाद स्थापना हुने बताएका छन् । त्यसकारण नै कम्युनिष्टहरुको ध्रुवीकरण चलिरहेको र आफु पनि यो अभियानमा लामबद्ध भएको उनले प्रष्ट पारे ।

    सत्तारुढ नेकपा परित्याग गरेर मंसिर ८ मा पार्टी पुनर्गठन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका नेता थारुले सोमबार संचारकेन्द्रसँगको कुराकानीका क्रममा आन्दोलनको थालनी र जनताको उभारले नै यो कुरा स्पष्ट पारिसकेको भन्दै सबै क्रान्तिकारीहरुले ढिलोचाँडो बुझेर अवस्य ध्रुब्रीकृत हुने दावी गरे ।

    ‘आन्दोलनको थालनी र जनताको उभारले नेपालमा एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ,  भन्ने स्पष्ट पारीसकेको छ । त्यसैले यतिबेला कम्युनिष्टहरुबीच ध्रुवीकरण पनि चलिरहेको छ ।’ पुर्व सांसद समेत रहेका उनले भने -‘यो निरन्तर अघि बढिरहने छ र आज कन्फ्युजन रहेका साथीहरु भोलि पक्कै पनि स्पष्ट हुनेछन् र यो कार्यदिशालाई समातेर अघि बढ्नेछन्। अलि रुमल्लिरहेका साथीहरुलाई पनि स्पष्ट भएर यहि कार्यदिशामा एकताबद्ध भइ आन्दोलनको पक्षमा उभीदिन म आग्रह गर्न चाहन्छु ।’

    नेकपाले साउनदेखि थालेको ४ महिने एकीकृत जनजागरण तथा प्रतिरोध अभियान र मंसिरको जनसभाले पनि सबै कुरा प्रष्ट पारिसकेको भन्दै उनले त्यसको एउटा परिणाम आफु र आफुजस्तै थुप्रै साथीहरु नेकपामा गोलबन्द भएको बताए ।

    नेपालमा चलेका विभिन्न चरणका परिबर्तनकामि आन्दोलन, दसबर्षे जनयुद्ध, जनान्दोलन निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनापछि पनि नेपालीहरुले कल्पना गरेको सत्ता, सरकार बन्न नसकेको र जनताको आफ्नै जनसत्ता स्थापना हुन नसकेको भन्दै थारुले अब जनताको मुक्तिका लागि निर्णायक संघर्षमा होमिने बेला भएको बताए ।

    ‘राजतन्त्रलाई फाल्ने सवालमा प्रचण्डको नेतृत्वमा भएको १० बर्षे जनयुद्धले ठुलो भूमिका खेल्यो र त्यसपछि जनताले केहि राहतकाे सास फेर्छन, जनताले अाफुले कल्पना गरेकाे, इच्छा आकांक्षाअनुसारको सत्ता सरकार बन्छ ।  त्यहिअनुरुप व्यवस्था हुन्छ भन्ने हामीले परिकल्पना गर्यौं र त्यो अभियानमा हामी सबै लामबद्ध भयौ ।’ उनले भने- ‘तर पछिल्लो चरणमा अाउदै गर्दा यो बडा भीषण टकरावमा गयो र अन्ततः संघर्षबाट नेतृत्व वर्गहरुले मुख फेर्नुपर्ने स्थिति आयो । संबिधानसभाबाट जनमुखी संबिधान आउँन सकेन ।’

    न्यूनतम जनवादको बाटो हुदैँ अधिकतम साम्यवादसम्म पुग्ने लक्ष्य बोकेर हिडेकाे मुख्य नेतृत्व जनताको बहुदलीय जनवादमा गएर विलय भएपछि त्यसले आफुलाई सार्है दुखि बनाएको समेत उनले स्मरण गरे । तर अहिले विप्लव नेतृत्वकाे नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले छाेटाे समयमा नै देखा परेका सम्भावनाहरुबाट नै हिजोको अधुरो क्रान्ति पुरा गर्ने संकेत गरेको उनको भनाई छ ।

    नेता थारुले अब भौतिकरुपमा आफु रहुन्जेलसम्म क्रान्तिको बाँकी कार्यभार पुरा गर्न लागिपर्ने भन्दै यो अभियानमा लामबद्ध हुन सबै क्रान्तिकारी देशभक्तहरुलाई अपिल समेत गरेका छन् ।

    एक अर्को प्रसंगमा उनले कंचनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणलाई राजनीतिकरण गरिएको भन्दै ओली सरकारले दोषी पत्ता लगाउन आनाकानी गरेको बताए । ‘जिरो पोइन्ट’ बाट सूक्ष्म तरिकाले अनुसन्धान गरिए अझै पनि अपराधी पत्ता लाग्ने उनको दावी छ ।

    प्रहरी प्रशासन र स्थानीय सरकारको गैरजिम्मेवार र लापरबाहीका कारण आपराधिले उन्मुक्ति पाएजस्तो देखिएपनि घटनाको नेकपाले सूक्ष्म अध्ययन अनुसन्धान गरिरहेको जानकारी दिए ।

    निर्मलाको बलात्कार-हत्या तथा देशमा व्याप्त बलात्कारका घटनाहरुको बिरुद्धमा नेकपाले यही मंसिर १६ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया