News Portal

  • अस्ट्रेलियामा नेपालका राजेन्द्रले १९ वर्षीया युवतीसँग यौन प्रस्ताव राखेपछि…

    संचारकेन्द्र संवाददाता
    ३८० पटक

    काठमाडौं । अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने भएको छ ।

    उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीया राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलार्इ घर छोड्ने क्रममा यौन प्रस्ताव राखेको बताइएको छ । युवतीले प्रस्ताव अस्वीकार गरेपछि इङनमले युवतीमाथि दुर्व्यवहार गरेका बताइएको छ ।

    अस्ट्रेलियाको साउथ पोर्ट म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवार्इमा उनलार्इ दुर्इ मुद्दामा दोषी ठहर गरिएको छ । राजेन्द्र सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए ।

    पीडित युवतीले अदालतमा बयान दिने क्रममा ड्राइभरको उक्त हर्कतबाट आफू अत्यन्तै विचलित भएको अझै त्यो सम्झेर रुने गरेको बताएकी थिइन् । राजेन्द्रका पक्षबाट मुद्दा लडेका वकिल निक म्याकघीले भने त्यो सामान्य दुर्व्यवहार मात्रै भएको तर्क गरेका थिए ।

    यही दुर्व्यवहारको अभियोग लागेपछि राजेन्द्रको ९ वर्षे विवाह सम्बन्ध पनि टुटेको बताइएको छ । युवतीका तर्फबाट मुद्दा लडेकी अमालिया बेकर स्मिथले भने राजेन्द्रलार्इ एक वर्ष जेल सजायको माग गरेकी थिइन् ।

    अदालतले उनलार्इ १ वर्ष जेल सजाय समेत सुनाएको छ । तर राजेन्द्रलार्इ नेपाल डिपोर्ट गरिने हुँदा उनले जेलमा भने बस्न नपर्ने बताइएको छ । स्मिथले उबर ट्याक्सी डाइभर प्रति महिलाहरू विश्वस्त हुनुपर्ने बताएकी थिइन् ।

    आफ्नो फैसला सुनाउँदै म्याजिस्ट्रेट जोन ह्वाइटले युवतीले राजेन्द्रमाथि विश्वास गरे पनि राजेन्द्रले गरेको दुर्व्यवहारले उनी प्रतिको विश्वास टुटेको बताउँदै उनलार्इ डिपोर्ट गर्ने निर्णय सुनाएका थिए । डेलीमेलबाट

    २०७५ मंसीर ७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...