News Portal

  • नेकपाले भोली गर्न लागेको जनसभाको स्थान फेरियो, यस्तो छ कार्यतालिका

    संचारकेन्द्र संवाददाता
    ५२६३ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भाेलि मङ्सिर ८ गते काठमाडौँमा आयोजना गर्न लागेको जनसभाको स्थान फेरिएको छ ।

    सुरुमा कार्यक्रम खुलामञ्चमा हुने भनिए पनि खुलामञ्चमा गिट्टी बालुवाका कारण ठाउँ नै नभएपछि नेकपाले आफ्नो जनसभा शान्तिबाटिकामा गर्ने जनाएको थियो ।

    तर राजधानीको ट्राफिक जाम भएर सर्वसाधारणलाई असर नपरोस् भनेर जनसभा प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गर्न लागिएको नेकपाले जनाएको छ । शान्तिवाटिकामा जनसभा गर्दा राजधानीको ट्राफिक अस्तव्यस्त हुने भएपछि नेकपाले कार्यक्रम स्थल नै परिवर्तन गरेको हो ।

    शान्तिवाटिकामा कार्यक्रम गर्दा जमल, बागबजार, वीर अस्तापल, पुरानो बसपार्क हुँदै चल्ने सबै सवारी सधान प्रभावित हुन्छन् । ट्राफिक प्रहरीले पनि शान्तिवाटिकामा कार्यक्रम भए सर्वसाधारणलाई गारो हुने बताउँदै आएको थियो । त्यसैगरी सर्वसाधारणले पनि शान्तिवाटिकामा कार्यक्रम नगर्न सुझाव दिएका थिए ।

    सबैको सुझाव र शान्तिवाटिकामा कार्यक्रम गर्दा सर्वसाधारणलाई हैरानी हुने निष्कर्ष निकाल्दै नेकपाले जनसभा भृकुटीमण्डपमा गर्न लागेको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिको सवारी हुँदा समेत काठमाडौँमा सडक खाली गरिन्छ । तर, नेकपाले सर्वसाधारणलाई पर्न सक्ने असरलाई ध्यानमा राखेर पूर्वनिर्धारित कार्यक्रम स्थल नै परिवर्तन गरेको छ ।

    कार्यक्रलाई पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने भएका छन् । त्यस्तै अन्य कम्युनिस्ट घटकहरुलाई पनि कार्यक्रममा निम्तो दिइएको छ । नेकपा (माले)का महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले पनि जनसभालाई सम्बोधन गर्ने नेकपाले जनाकारी दिएको छ ।

    त्यस्तै जनसभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले बताइएको छ भने संचालन पोलिटब्युरो सदस्य उमा भुजेलले गर्ने भएकी छन् । जनसभमा सहभागी सबैलाई स्वागत पोलिट्ब्यूरो सदस्य पदम राईले गर्ने भएका छन् ।

    त्यसैगरी नेकपाले काठमाडौंका तीन स्थानबाट केन्द्रीय नेताहरुको नेतृत्वमा र्याली पनि निकाल्ने जानकारी दिएको छ । कालीमाटीबाट सुरू हुने विभिन्न जनजाति, संस्कृतिसहितको जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू जीवन्त र गम्भीरले गर्ने भएका छन् । बबरमहलबाट निस्कने जुलुसको नेतृत्व पदम राई र लैनचौरबाट निस्कने जुलुसको नेतत्व नेतृ भुजेलले गर्ने भएकी छन् ।

    पूर्वीकमान्डका अन्य केन्द्रीय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रीय नेताहरु कालीमाटी पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने बताइएको छ । नेकपाले काठमाडौंका विभिन्न ठाउँहरुमा स्वगत गेट, व्यानर, वाल पेन्टिङ पनि गरेको छ ।

    खासगरी आफ्नो पार्टीको पाँचौँ पुनर्गठन दिवसको अवसर पारेर नेकपाले मङ्सिर ८ गते विशाल जनप्रदर्शन र जनसभा आयोजना गर्ने निर्णय गरेको हो । त्यसै सन्दर्भलाई लिएर उसले साताव्यापी विभिन्न कार्यक्रम पनि गरेको छ ।

    २०७१ साल मङ्सिर ८ गतेका दिन मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीका मुख्य नेताहरूलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा तत्काल नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरिएको थियो ।

    उक्त पार्टीले नेपाली क्रान्तिको कार्यदिशा माक्र्सवाद—लेनिनवाद—माओवादको मार्गनिर्देशनमा एकीकृत जनक्रान्ति हुने निर्णय पनि गरेको थियो । २०७१ साल पुसमा दाङमा प्रथम राष्ट्रिय सम्मेलन गर्नुका साथै २०७३ फागुनमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर नेपाली क्रान्तिका आधारहरू तयार पार्नुका साथै दर्शनमा पनि थप विकास गरेको जनाएको थियो ।

    नेकपाले प्रत्येक वर्ष मङ्सिर ८ गते नियमित कार्यक्रम गर्दै आएको छ । साथै विशेष अवसर पारेर ठूलाठूला जनप्रदर्शन पनि गर्दै आएको छ । यिनै कुराहरूलाई ध्यानमा राखेर मङ्सिर ८ गते जनप्रदर्शन र जनसभा गर्न लागेको हो ।

    उक्त दिन विशाल जनप्रदर्शन र जनसभा गर्नुका साथै आफ्नो पार्टीका धारणाहरू पनि सार्वजनिक गर्ने बुझिएको छ ।  भोली नेकपाले काठमाडौँबाहेक अन्य स्थानहरूमा पनि कार्यक्रम गर्ने जनाएको छ ।

    २०७५ मंसीर ७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...