News Portal

  • बहुचर्चित मंसिर ८: ‘मरणासन्न संशाेधनवादकाे लासमाथि क्रान्तिकाे ज्वाला दन्केको दिन’

    सुनिता बम
    ४३२ पटक

    पार्टी पुर्स्थापना दिवसकाे अबसर पारेर यहि मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टीको अायाेजनामा राजधानीमा भब्य जनसभाकाे अायाेजना गरिएकाे छ। उक्त सभालाई नेकपाका प्रबक्ता प्रकाण्डलगायतका शिर्ष नेताहरुले सम्बाेधन गर्दै हुनुहुन्छ। बहुचर्चित मंसिर अाठ बारे केही कुरा गराै।

    शंसाेधनवाद बिरुद्ध जेहाद छेडेको माअाेवादी अान्दाेलनले नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरुको नेतृत्वमा नेपाली सर्वहारा बर्गकाे आफ्नै सत्ताकाे स्वरुप दिन सफल रहयाे। बर्ग संघर्षले नयाँ जनवादी राज्यसत्ताकाे स्थापना, वर्गबिहिन समाजकाे परिकल्पना, अाम मानसपटलमा रहन सफल हुनुले जनयुद्ध सफलताकाे उच्च बिन्दु चुम्याे। “पुरानो प्रतिक्रियावादी राज्यसत्ता लाई ध्वस्त पार्दै महान जनयुद्धको बाटोमा अघि बढाै” भन्ने उद्घाेषका साथ नेपालमा शसत्र बल प्रयाेगकाे शिद्दान्त अख्तियार गर्दै तत्कालीन अबस्थामा देशमा साशन सन्चालन गर्दै आइरहेको राजतन्त्रात्मक संसदीय ब्यबस्थाका बिरुद्धमा अाैपचारिक रुपमा हति3यारसहित जनयुद्धको थालनी भयाे।

    पटक-पटकका अान्दाेलनले शासनको स्वरुप परिवर्तन गर्न नसकेकाे, नेपालको राष्ट्रियता, जनतन्त्र, जनजिबिकाका मुद्दाहरुमा कुनै परिवर्तन नभएकाे सन्दर्भमा निरंकुश राजतन्त्र र संसदिय व्यवस्थाले जनता र राष्ट्रकाे जिवनमा ल्याएकाे संकटकाे हल “बन्दुकमा टिकेकाे राज्यसत्ता बन्दुकले नै ध्वस”काे नीति अनुसार २०५२ फागुन १ देखि देशैभरी एकैसाथ हजारौ फाैजी कारवाहीका साथ घाेषणा गरियाे। “राेल्पाकाे हाेलेरी रुकुमको अाठबिसकाेट र सिन्धुलिगढी चाैकिमा फाैजी” उच्च सफलता गाेरखाकाे कृषि बिकास बैंक कब्जासहित सामान्तकाे सम्पत्ति सेवटेज,पर्चा पम्पेलट सफायलगायातका फौजी कारबाहीबाट थालिएकाे सुरुवाती चरणले नै तत्कालीन शासक र नारायणहिटी दरवारमा भुकम्प गयाे।

    माओवादी अान्दोलनलाई नजरअन्दाज गर्ने शासकहरुले राजनीति हल भन्दा उल्टाे दमनको बाटाे लिन पुगे र देशैभरी खास गरि राेल्पा, रुकुम, कालिकाेट, जाजरकोट, सिन्धुलि रामेछाप र गाेरखा यसकाे निसानामा परे। २०५२ फागुन १४ गते बिधार्थी दिल बहादुर रम्तेलकाे हत्या गरेर राज्य अातंककाे सुरुवात भयाे।

    राष्ट्रियता, जनतन्त्र र जनजिविकाका ४२ सुत्रिय मागको बेवास्ता गरेको देउवा सरकारका लागि माअाेवादी अान्दाेलनकाे सामना निकै चुनाैतिपुर्ण बन्याे। “किलाे सेरा टु, राेमियाे, जंगल सर्च” जस्ता दर्जनाै अप्रेशन मार्फत राज्य पुरै दमन धरपकडमा उत्रियाे। यस क्रममा जनतामाथि साङघातिक हमला गरिए । दमनले माअाेवादी अान्दाेलन भने झन स्पात, सुदृढ मजबुत र एकताबद्ध बन्दै गयाे। माअाेबादी जनयुद्धलाई जनजातिहरु जाड खाएर बाैलायकाे अर्थाउने देउवा सरकारका अगाडि नेपाली राजनीति इतिहासमा अप्रत्याशित घटना परिघटनाहरुकाे सामना गर्नुपर्ने परिस्थिति आइपुग्यो।

    १.राजनीति बैचारिक

    माअाेले भनेजस्तै “राजनीति कार्यदिशा सहि वा गलत हुनुले सबै कुराकाे निधाे हुन्छ” जनयुद्ध इतिहासकाे युगिन कार्यभार थियाे । जसले सिंगो नेपाली जनताकाे जिवनमा कायापलट गर्ने, नयाँ जनवादी सत्ता हुँदै बैज्ञानिक समाजबाद जस्ता उत्कृष्ट शासन ब्यबस्थाकाे स्थापनार्थ थालिएकाे याे अान्दाेलनले अकल्पनीय सफलता चुम्दै गयाे।

    २०५७ काे दाेर्स्राे राष्ट्रिय सम्मेलन मार्फत नेपाली क्रान्तिकाे माैलिक शष्लेषण गर्याे। यहाँ बिषय बस्तुकाे हेडलाईन के थियाे अाज मुख्य बनाएर बहस चलाउने परिपाटी छ। तर त्यसकाे खास पक्ष भनेकाे बिचारमा श्रेष्ठता हासिल गर्दै, नेपाली क्रान्तिमा माैलिक (नयाँ) अायामहरुका साथ जनमुक्ति सेनाकाे गठन, नयाँ सत्ताकाे अाैपचारीक अबधारणा, राजनीति शैद्दान्तीक मान्यताहरुकाे केन्द्रीय भागमा जनयुद्धकाे रणनीति सन्तुलनको चरण अन्त्य गर्दै प्रत्याक्रमणकाे विशेष चरणमा प्रबेश गर्ने मार्ग चित्रण थियाे।

    संशोधनबादकाे दलदलमा फसेकाे नेपाली कम्युनिस्ट अान्दोलनकाे गर्वमा जन्मिएको माअाेबादी जनयुद्ध मालेमावादकाे बिकास माअाेका याेगदानहरुकाे बहुअायमिक शष्लेषण (माअाेवाद) नेपाली क्रान्तिकाे मार्ग चित्र काेर्दै बल प्रयाेगद्वारा सर्बहारा बर्गकाे राज्यसत्ता कब्जा, सर्बहारा अधिनायकत्व जनताद्वारा अनुमदित, निर्वाचित, नियन्त्रणित र निर्देशित शासन ब्यबस्थाकाे परिकल्पना गर्याे।

    याे बुर्जुवा तथा प्रतिक्रियावादीकाे लागि मात्रै नभइ खाेलका कम्युनिस्ट संसदबादीहरु बिरुद्धकाे राजनीति बैचारिक बिजय पनि थियाे। मालेमाबादकाे सिद्धान्त अनुसरणकाे थेगाे बेचेर कम्युनिस्ट चरित्रकाे ब्यापारमा तल्लीनहरुका लागि एउटा बैचारिक एब शैद्दान्तिक हमला थियाे। याे २०६३सम्म अाउदा दुनियाँले देख्ने गरी साबित भयाे।

    २. सगठन तथा जनसरकारकाे उल्लासमय घाेषणा

    नेपालमा पहिलोपटक जनताद्वारा अाफ्नै सरकार घाेषणा गरेकाे दिन मंसिर ८, जुन दिनदेखि माओवादीले राखेका शान्तिपूर्ण राजनीतिक मागलाई समेत बेखबर बनेका नेपालका संसदबादी दल खासगरी कांग्रेसले अाफ्नै जिवनकालमा अाफ्नाे राजनीतिकाे चिहान खन्याे। सानाे भूभागबाट सुरु गरिएको जनयुद्ध देशभर सबैतिर झाङगियाे। देशैभरी ब्यबस्थित कमिटी प्रणाली, पार्टी, सेना, जनसंगठन लाखाै संगठित युवाहरुले सिगाे पंतिले देश माअाेवादीमय बन्याे । नेपालको ८० प्रतिशत भुभाग माअाेवादी नियन्त्रणमा रहयाे र त्यहा जनसत्ताकाे संचालन गरियाे। अाफ्नै सेना, अदालत र सत्ता बनाएर अाफ्नाे हस्तक्षेप तथा बिस्तार जारी राख्याे। देशैभरी गाउँ, जिल्ला, सात वटा प्रादेशिक जनसरकारहरु बृहत् जनसागर बिच घाेषणा भए। जनता पुरानाे सत्ता र अदालत हाेइन नयाँ सत्ता र अदालतकाे कामप्रति बिस्वस्त बन्दै गए। स्थानीय जनसत्ताहरु निर्बाचनकाे माध्यमबाट निर्वाचित बने। नौ तहको पार्टी संरचना, विभिन्न जनबर्गिय संगठन, सात डिभिजन तहको शैन्य शक्ति र जनसंगठनकाे केन्द्रीय भाग नेकपा (माअाेवादी)बन्याे। प्रवास युरोपमा पनि पार्टी बिस्तार भयाे।

    २०५८ मङ्सिर ८ गते केन्द्रीय जनपरिषद डा.बाबुराम भट्टराई (जितबिर)काे नेतृत्वमा बन्याे। यसले नेपालमा बैकल्पिक सत्ताकाे मान्यता लिन सफल भयाे। हजारौं जनता जनसत्ताकाे वरिपरि गाेलबन्द भए। यस बिच पुरानाे सत्ताद्वारा लादिएका तथाकथित मध्यवर्ती तथा नगरनिर्बाचन ध्वस्त नै भयाे।

    ३.फाैजी श्रेष्ठता

    स्थानीय तहमा मिलिसिया, स्क्वायड, तथा छापामार दलमा सिमित शैन्य संरचना मंसिर ८ कै दिनको औपचारिक घोषणापछि जनमुक्ति सेनामा परिणत भयो । त्यसको सर्बोच्च कमान्डर प्रचण्ड बने। हजारौं युवायुवतीहरु जनसेनामा भर्ति भए। नेपालमा पहिलाे पटक शैन्य संगठनमा महिलाहरु भर्ति भएर फाैजी माेर्चामा लडेको इतिहास कायम भयो। पासाङ, बलदेव र प्रभाकार रहेकाे डेपुटी बन्याे।

    जनमुक्तिसेनाले मंसिर ८ गते राति दाङ सदरमुकाम घाेराही र स्याङ्जा सदरमुकाम पुतलीबजारमा एकसाथका फाैजी हमलासहित शैन्य प्रबिधि र युद्ध मोर्चाको कुशलतामा उच्च सफलता हासिल गर्याे। यसभन्दा यता २०६३ सम्म सदरमुकामहरु ९ वटा ३९ अाेटा चाैकि, दर्जनाै कमाण्डाे र ठुलासाना दर्जनाै माेर्चाबन्दी लडाइहरु भए र जनमुक्ति सेनाले अाफुलाइ जनताको श्रेष्ठ शैन्य शक्ति साबित गरेरै छाड्याे।

    उता तत्कालिन शाही नेपाली सेना र उसले ल्याएको अमेरिकी शैन्य प्रबिधि पुर्ण त असफल भयाे। रणनीतिक प्रत्याक्रमणकाे पहिलाे एवम दाेर्साे याेजनासम्म अाउदा जनमुक्ति सेना प्रबिधि जनशक्ति तथा उच्च मनाेवलका साथ शहर सदरमुकाम केन्द्रीत भयाे। पुरानो सत्ता भने राजनीति हिसाबले सदरमुकाममा मात्र र प्रशासनिक शैन्य शक्ति पनि ब्यारेक बाहिर निस्किने स्थिति बनेन।

    ४. बलिदानकाे उच्च किर्तिमान

    जनयुद्धको क्रममा पार्टीको उच्च तहबाट बैकल्पिक पाेलिट ब्युराे सदस्य क. शुरेश वाग्ले, रामबृक्षक यादवलगायत हजाराैकाे बलिदानकाे जगमा निर्मित जनमुक्ति सेना जनसरकारकाे औपचारिक घोषणा हुँदै माओवादी आन्दोलन अगाडी बढेपछि २०५८ मङ्सिर ११ गते देउवा सरकारले संकटकालकाे घाेषणा गर्याे। संकटकाल लगाएसगै जनतामाथि बर्बर दमन सुरु भयाे। माओवादी पार्टी मात्र नभइ विचार र राजनीतिक आस्थाका आधारमा समर्थक शुभचिन्तक सबैलाई अातंककारी घाेषणा गरियाे । रेड कर्नर नाेटिस जारी गरीयाे र प्रचण्ड बाबुराम लगायतका पार्टीका शिर्ष नेताहरुका टाउकाकाे मूल्य ताेकियाे।

    जनप्रिय पत्रकार कृष्णसेनकाे हत्या गरियाे। केन्द्रीय सदस्य रित ब खडका डिभिजन कमान्डर किम ब.थापा सुनिल ब्रिगेड कमान्डर तथा केन्द्रीय सदस्य नेप ब.केसि केन्द्रीय सदस्य सेरमान कुवर, माेहनचन्द गाैतम, जित, बहुबिर, योद्धा, प्रभातलगायत सयाै जनमुक्ति सेना नेता कार्यकर्ता, जनता र योद्धाहरुकाे उच्च बलिदान भयाे। कालिकोटकाे काेटबाडा, रामेछापकाे दाेरम्भा गौर हत्याकाण्डलगायत नरसंहारका बर्बर घटनाहरु घटे। यसले पार्टीलाई कमजोर तथा जनतामा निरासा नभइ बदलाले अाेतप्राेत भावनाले सुदृढ र सम्बृद्ध बनायाे।

    ५. गिरफ्तारी बेपत्ता बन्दी र सुपुर्दगी

    देउवा सरकारले लगाएको संकटकालसंगै मंसिर ११ गते जनादेश र जनदिशा पत्रिकामाथि हमला गरेर ११ जना पत्रकारको गिरफ्तार गर्याे। त्यस लगत्तै भारतमा माेहन बैद्य ‘किरण’ सिपी गजुरेल, मातृका यादव, शुरेश अाले मगर, महेश्वर दाहाल लगाएतका नेताहरुलाइ गिरफ्तार गरियाे।देशब्यापी अपहरण गिरफ्तार बेपत्ता बन्दी लगायतका घटनाहरु दिनहु जसाे भइरहे।

    २०५९ बैशाख १३ गते बिधार्थी नेता पुर्ण पौडेलकाे गिरफ्तार पश्चात बेपत्ता बनाइयाे पुर्ण पौडेल, बिपिन भण्डारी लगायत करिब २६ सय नागरिक अहिले पनि बेपत्ता छन। भने २०५९ असार २८ गते पहिलाे पटक पत्रकार महेश्वर दाहाल सहित ४ जनालाई नेपाल सुपुर्दर्गी गरियाे। २०६० माघमा नेताहरु द्वय मातृका यादव र शुरेश अालेमगरलाइ नेपाल सुपुर्दर्गी गरियाे।

    ६. वार्ता र शान्ति

    २०५८ साउन ७ काे पाण्डुसैन चाैकि कब्जासँगै ८  गते नै सरकारले युद्ध बिरामकाे घाेषणा गर्याे। कृष्ण बहादुर महराकाे नेतृत्वमा ३ सदस्यीय बार्ता टाेलि बन्याे। “गाेलमेच सम्मेलन” “अन्तरिम सरकार” र “संबिधान सभा” मुख्य एजेन्डा बने। र पहिलो चरण साउन १४ गाेदावरी दाेर्श्राे चरण ठाकुरद्वार बर्दिया र तेर्श्राे चरण कार्तिक २८ गते बार्ता भए। यस बिच संसदीय राजनीति पार्टीहरु र माअाेवादीबिच भारतकाे सिलगुढीमा पनि बार्ता भयाे तर उक्त वार्ता निश्कर्षहिन हुदै मंसिर ६ गते भंग भयाे।

    दाेर्श्राे चरण २०५९ माघ १५ गते दुबै पक्षबिच युद्ध बिरामकाे घाेषणा भयाे। १८ गते स्थायी समिति सदस्य डा.बाबुराम भट्टराईकाे नेतृत्वमा ५ सदस्यीय वार्ता टाेलि सार्बजनिक भयाे। त्यस लगत्तै काठमाडौ ललगायत देशैभरी जनसभाहरु अायाेजना गरिए। ६० बैसाखमा दाेर्श्राे चरणकाे पहिलाे वार्ता काठमाडौमा भयाे। दाेर्साे बार्ता हावापुरे दाङमा भयाे। हापुरे वार्ताले हावा खाएसँगै वार्ता प्रकृया भंग भयाे। अग्रगामी राजनितीक निकाश ननिस्किने भन्दै अध्यक्ष प्रचण्डले युद्ध बिराम भङ्ग भएकाे घाेषणा गरे।

    ७. दुइलाइन संघर्ष शान्तिप्रकृया

    जनयुद्धका बेला माओवादी पार्टीभित्र दुइलाइन संघर्ष माथिल्लो तहमा चर्किरहेको भए पनि बहुचर्चित चुनुवाङ बैठकबाट सामान्य त अन्तरसंघर्ष बाहिर अाएकाे देखिन्छ। डा.बाबुराम भट्टराईमाथिकाे कार्वाही क. माेहन बैध्य ‘किरण’काे गिरफ्तारीका गर्वमा लुकेकाे रहस्यले एकातिर बर्गदृष्ट्रीकाेणमाथि प्रश्न जन्माएकाे थियाे भने अर्कोतिर बार्ता शान्ति प्रकृयाकाे अाबरणमा राजनीति बाटो परिवर्तनको थालनि गरिएकाे थियाे। काठमाडौँको बालजुमा बसेको पाँचौँ विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले “नयाँ वैचारिक स्पष्टता र नयाँ एकता कायम गर्न एकजुट होऔँ” शीर्षकको २४ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत गरे।

    उक्त दस्तावेजमा पहिलाे पटक क किरणकाे अाैपचारिक तर माैखिक फरक मत अायाे। लामो समयकाे छलफल पछि आवश्यक संशोधनसहित त्यही दस्तावेज पारित भयाे। संविधानसभा निर्वाचन अगाडि गोलमेच सम्मेलन, गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा जोड दिने निर्णय भयाे। दस्ताबेजमा प्रचण्ड बाबुरामहरुकाे संशाेधनबादी बाटोमा हिड्ने छद्मम कदम लुकेकाे स्पस्ट भएपछि पार्टीभित्र दुइलाइन संघर्षकाे स्तर उच्च तहमा उठेको थियो।

    पार्टी भित्र बिचार, राजनीतिक लाइन र कार्यदिशाका बारेमा फरक मत हुँदाहुँदै पनि उच्चस्तरीय शिखर वार्ता, सहमति, बिस्तृत शान्ति सम्झाैता, सेनाकाे निशस्त्रीकरण, प्रमारिकरण, हतियारकाे ब्यबस्थापन, जनसत्ता र जन अदालतहरुकाे बिगठन, संबिधानसभाकाे चुनाव निर्वाचनपछि जनमतको बहानामा सरकार संसदमा माअाेबादी अागमन, रुक्मांगद प्रकरण, पालुङटारकाे चर्चित बैठक, राष्ट्रिय हित बिपरितका सम्झाैता, संविधान सभाकाे बिगठनसम्म अाउदा प्रचण्ड बाबुराम लडाइबाट हारेकाे सिपाही जस्तै कायर मात्रै भएनन् । सर्वहारा जनता नेपाली क्रान्ति प्रति बिश्वासघात र गद्धारी गर्दै पुरानै संसदवादकाे बाटो अगाल्न पुगे।

    चुनवाङ्ग बैठकले रणनीतिक प्रत्यक्रमणकाे दाेर्श्राे याेजना “ढाडमा टेकेर टाउकाको हान्ने” निर्णय गरे अनुसार फ्युजनकाे निति अख्तियार गरी, संशाेधनबादसंगकाे फ्युजन क्रान्तिमा व्यापक कन्युजन र ढाडमा टेकेर टाउकामा हान्ने नभइ उल्टो प्रतिक्रान्तिकरीहरुले प्रचण्डहरुकाे टाउकोमा टेकेर प्रचण्डबाटै क्रान्तिकाे गर्धन छिनालियो । याे बेलासम्म अाइपुग्दा प्रतिक्रान्ती घाटीसम्म पुग्याे, प्रचण्ड बाबुरामहरु राधाकृष्णहरुकाे साथ लाग्दै नेपाली जनता, क्रान्ति बिचबाटाे मै छाेडेर बिदेशी शासकहरुका पाउकाे तलुवा बने। प्रतिक्रान्तिकारी बाटोमा क्रान्तिका मुख्य नायक अाफै खलनायक साबित भए ।

    संबिधानसभापछि प्रचण्ड बाबुराममा त अाफ्ना मालिक दुखि नहाेस भन्दै क्रान्तिकाे बाटो र जनताका एजेन्डामा धाेका दिने र आफ्ना मालिकसंग को बढी प्रिय हुने भन्ने हाेडबाजी नै चल्याे । बाबुराम कम्युनिस्ट बिचार र वामपन्थी आन्दोलन नै छाेडेर भागे भने प्रचण्ड लम्पसार पर्दै प्रतिक्रियावादी पार्टीमा पतन भइसककेकाे एमालेमा बिलय भए । तथाकथित शान्ति प्रकृयाकाे नाममा वीर योद्दाहरुको बजार मूल्य ताेकियाे । शहिदकाे रगतकाे थाेपा थाेपामा पैसा साटियाे । सपनाहरुकाे हत्या गरियाे। बेपत्ता योद्दाहरुकाे अास्थामाथी बलात्कार गरियाे। प्रचण्ड बाबुरामहरुको याे निर्लज्ज नाटक नाकाम साबित भयाे ।

    संसदिय ब्यबस्था त २०५२ पहिला पनि थियाे । दरवार हत्याकाण्डसंगै राजतन्त्रको अन्त्य भइसकेको थियो । तर तत्कालिन बेला अध्यक्ष प्रचण्डले अब गणतन्त्रका लागि भन्दै सहकार्य गर्न भन्दै संसदीय राजनीतिक दललाई अपिल गरे (तिनै एमाले काग्रेस जाेसंग प्रचण्ड बाबुरामहरुको घाँटी जाेडियाे।) हिजाे प्रचण्ड बाबुरामकाे अादेशमा उनीहरुकै सयौ कार्यकर्ता छानि-छानि मारिए। अहिले प्रचण्ड बाबुरामको पतन यतिसम्म भयो की कहिले काँग्रेस त कहिले एमालेसँग मिल्नुलाइ नै उनीहरु समाजवाद अाएकाे देख्छन।

    ८. पार्टी पुर्गठन काे ऐतिहासिकता

    जनयुद्धकालमै माअाेवादीसँग वार्ता प्रसंगमा भारतिय राष्ट्रिय सुरक्षा बिदले भनेका रहेछन “भारतका दुई सर्तमा माअाेवादी तयार भए हामी बार्ताकाे लागि सघाउछाै ।” पहिलो “भारतीय उग्रवादीहरुसँगकाे सम्बन्ध ताेड्नु” दोस्रो “बहुदलीय लाेकतन्त्र स्बिकार गर्नु” त्यसपछि भारतमै नेपालका संसदीय राजनीतिक दल र माओवादी नेताहरुबीच गोप्य हुनुले प्रचण्ड बाबुरामहरुको पतन पनि विभिन्न काेत पर्वहरुकाे रहस्य जस्तै बिचलन वा अात्मासमर्पणकाे पराकाष्ठा थियो । यो त इतिहासले समीक्षा गर्ला नै शासकहरुकाे अादेश र इसरामा नेपाली जनतामाथि जुन तहको कुठाराघात भयाे त्यसका बिचबाट पनि पार्टी भित्रका क्रान्तिकारीहरुलाई एकीकृत पार्दै अधुरो क्रान्तिको बाटो निरन्तर समात्ने नयाँ क्रान्तिकारी पहलकदमी बिप्लवले लिनु भएको छ ।

    बिजयको सन्निकट पुग्दै गरेको नेपालि क्रान्ति प्रतिक्रान्तिमा परिणत भैसकेपछि पनि पार्टीको पुनर्गठन गरेर हामी याे गाैरबपुर्ण सन्दर्भमा छाै। हामिले हर्षकाे “दुई ठुला कदम” महान “जनमुक्ति सेना” तथा जनताकाे अाफ्नै सत्ता “जनसरकार” घाेषणा भएकाे दिन । यस्तै “दुई ठुला बिचलन पतन”काे सामना गरेकाे महिना “तथाकथित शान्ति सम्झाैतामा हस्ताक्षर गरेर जनयुद्ध”काे “दुखत र कायरतापुर्ण अन्त्य”काे घाेषणा साथै “शहिदहरुकाे रगतबाट अार्जेकाे सम्पति बुझाउने सहमति गरेकाे”महिना हाे।

    यो सन्दर्भ चिहानमा उभिएर मरणासन्न संशाेधनबादकाे लासमाथि क्रान्तिकाे अागाे ओकलेको दिन हो । यहि अबसरमा नयाँ प्रण प्रतिबद्धता र क्रान्तिका लागि प्रतिज्ञा गरेको दिन “नेपाल कम्युनिस्ट पार्टी” पुर्गठनकाे भब्य दिन, एक विशेष दिन, नयाँ कार्यदिशा एकीकृत जनक्रान्ती मार्फत मुलुक कायापलटकाे अर्को अध्याय थालिएकाे स्वर्णिम दिन, मानव सभ्यताको उत्कृष्ट शासन व्यवस्था बैज्ञानिक समाजवाद अंगिकार गरेकाे सुनाैलाे दिन मंसिर ८ बास्तमै ऐतिहासिकताले भरिपुर्ण ऐतिहासिक दिन । त्यसैले यो दिनलाई सबैले आफ्नो बर्तमानको सबै भन्दा गर्विलो इतिहास कायम गरेको दिनको रुपमा स्मरण गर्नुपर्छ ।

    लेखक सुनिता बम विप्लव नेतृत्वको नेकपाकी युवा नेतृ हुन् ।

    २०७५ मंसीर ८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...