• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    डडेल्धुरा बस दुर्घटना ताजा अपडेट: मृतकको संख्या १८ पुग्यो, २७ घाइते (तस्वीरसहित)

    15.3K
    SHARES

    डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। उग्रतारा मन्दिरको जात्रा हेरेर घर फर्किरहेका यात्रु चढेको स्कुल बस केआई सिंह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका ११ मा पर्ने रडुवा भन्ने स्थानमा दुर्घटना भएको हो।

    दुर्घटनामा २७ जना भन्दाबढी घाइते भएको बताईएको छ। उद्दार कार्यमा खटिएका पत्रकार नवराज भण्डारीले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार १० जनाको घटनास्थलमै र ८ जनाको उप-क्षेत्रीय अस्पताल डडेलधुरा मृत्यु भएको हो ।

    बिहीबार साँझ पौने ७ बजेतिर डोटीमा रहेको पीसजोन विद्या निकेतन स्कुलको से १ क २९३ नम्बरको बस रडुवाको मोडमा दुर्घटनामा परेको हो।  बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले जानकारी दिए ।

    डडेल्धुरामा हरेक मंसिरमा पर्ने पुर्णाीमाका दिन जात्रा लाग्ने गर्दछ। सुदूरपश्चिमका ९ जिल्लाका अतिरिक्त भारत र अन्य प्रदेशबाट पनि दर्शनार्थी उग्रताराको दर्शन गर्न आउने गर्दछन्।

    डोटीबाट सार्वजनिक यातायातका साधनमा बढी भीड हुने भएकाले त्यहाँका स्थानीयले जात्रा हेर्न स्कुलको गाडी लगेकाे प्रहरीले बताएको छ। बसमा क्षमताभन्दा बढी यात्रु रहेका दुर्घटना भएकाे प्रहरीले जनाएको छ।

    शबहरु विक्षिप्त अवस्थामा रहेकाले मृतकको सनाखत हुन सकेको छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीयको साथमा अबेर रातिसम्म उद्धार भइरहेको छ ।

    प्रतिक्रिया