• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    आमूल परिवर्तन सहितको राजनीतिक निकासको नेतृत्व लिन तयार छौँ : पुन

    3.1K
    SHARES

    बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आमूल परिवर्तन सहितको राजनीतिक निकासको नेतृत्व आफ्नो पार्टीले लिन तयार रहेको बताएका छन् । साथै एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत मात्रै परिवर्तन सम्भव भएको भन्दै साथ दिन सबैलाई आग्रह समेत गरेका छन् ।

    ‘देशको सङ्कटपूर्ण अवस्था र राजनीतिक निकास’ विषयमा नेपाल कम्युनिस्ट पार्टी भेरी ब्युरोले मंगलबार नेपालगञ्जमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले अहिले देशमा जारी राजनितिक संकटको निकास आफ्नो पार्टीले क्रान्तिमार्फत दिने बताएका हुन् ।

    नेकपा (क्रान्तिकारी माओवादी), नागरिक समाज, मानवअधिकारवादी, नेपाल बार एशोसिएसन, प्राध्यापक, पत्रकार आदि प्रतिनिधि सहभागी उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले देशको अवस्था जटिल बन्दै गइरहेको भन्दै यसको निकास अग्रगामी राजनीतिक तरिकाले गर्नुपर्ने बताउनु बताएका छन् ।

    पार्टी पुनर्गठनको अवसरमा आगामी मंसिर ८ गते काठमाडौंमा आयोजना गर्न लागेको बिशाल जनसभाको तयारी स्वरुप नेकपाले देशभर विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ