News Portal

  • रातको तेस्रो प्रहरमा किन हुन्छन् मृत्युका घटना ? यस्तो छ डरलाग्दो रहस्य

    संचारकेन्द्र संवाददाता
    २७३ पटक

    एजेन्सी । हामीलाई लाग्छ, मृत्यु अवश्यंभावी कुरा हो र मानिसको मृत्यु जुन कुनै समयमा पनि हुनसक्छ । मृत्युले दिन र रात कुर्दैन । यो शाश्वत सत्य हो । तर, मृत्युको समयका विषयमा भएका शोधले केही डरलाग्दा तथा अनौठा तथ्य बाहिर ल्याएका छन् ।

    वैज्ञानिकहरुका लागि विश्वमा मृत्युका घटना दिनभन्दा रातको समयमा, अझ बिहान ३ बजेदेखि ४ बजेको बीचमा धेरै हुने गरेका छन् ।

    शोधकर्ताहरुका अनुसार त्यस समयमा मानिसको शरीर सबैभन्दा कमजोर अवस्थामा हुन्छ ।

    आम रुपमा विश्वमा कैयौं सांस्कृतिक तथा धार्मिक मान्यताहरु पनि छन्, जस अनुसार रातको तेस्रो प्रहरलाई मृत्युको हिसाबले सबैभन्दा खतरनाक मानिन्छ । तेस्रो प्रहर, अर्थात् रातको तीन बजेदेखि बिहान ६ बजेको समयसम्म ।

    यो तथ्यलाई केही हदसम्म चिकित्सा विज्ञानले पनि पुष्टि गरेको छ । दमरोगीमा मृत्युको खतरा दिउँसोको तुलनामा बिहान ३ बजेदेखि ४ बजेसम्मको अवधिमा ३ सय गुणा धेरै हुन्छ । उक्त समयमा शरीरमा एड्रेनलिन तथा एन्टी इन्फ्लामेटरी हर्मोनको उत्सर्जन शरीरमा निकै कम भएको हुन्छ । त्यसले शरीरमा श्वासनलीलाई निकै खुम्चाइदिन्छ । दिनको तुलनामा त्यस अवधिमा रक्तचाप पनि निकै घटेको हुन्छ । त्यसैले न्यून रक्तचाप भएका मानिसहरुमा पनि बिहान ३–४ बजेको समयमा मृत्युको जोखिम उच्च हुन्छ ।

    वैज्ञानिकहरुका अनुसार बिहान सबेरैको उक्त समयमा शरीरमा कोर्टिसाल हर्मोनको तिव्र रुपमा उत्सर्जन हुन्छ । त्यसले रगत जम्ने तथा हृदयाघातको जोखिम हुन्छ ।

    अझ अर्को खतरनाक तथ्य त के भने १४ प्रतिशत मानिसमा आफ्नो जन्मदिनकै दिन मर्ने सम्भावना हुन्छ । त्यस्तै १३ प्रतिशत मानिस कुनै ठूलो रकम प्राप्त गरिसकेपछिको अवस्थामा मृत्युवरण गर्दछन् ।

     

    २०७५ मंसीर ३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...