
धनगढी । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबार एक युवकको विभत्स हत्या भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलश होटल नजिकै युवकको हत्या भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धामका २५ बर्षिय विजय थापाको हत्या भएको वडा प्रहरी कार्यालय धनगढीमा प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए । शुक्रवार राती करीब १० बजे तिर थापाको हत्या भएको प्रहरी निरीक्षक सिंहको भनाई छ ।
रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेटी र घटना स्थलमा भेटिएका सोही ठाउँका दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । घटनास्थललाई घेरिएको तर राती भएकाले मुचुल्का उठाउन बाँकी रहेकाले अहिले विहान मुचुल्का उठाउनले प्रहरीले जनाएको छ ।
२०७५ मंसीर १ गते प्रकाशित