• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अनेमसंघ क्रान्तिकारी बैतडीको सम्मेलन सम्पन्न, अध्यक्षमा पार्वती, १५ जना पार्टी प्रवेश

    3.1K
    SHARES

    बैतडी । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ कान्तिकारीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मंगलबार सम्पन्न सम्मेलनले पार्वाती धानुकको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

    जिल्ला समितिको उपाध्यक्षमा चादनी धामी, सचिवमा गमला बिस्ट, कोषाध्यक्षमा मन्जु बम, सहसचिवमा बिष्ण बिस्ट निर्वाचित भएका छन् । जिल्ला समिति सदस्यहरुमा हिरा ल्वार, गौमती महरा, गौमति धानुक, पशुपति जोशी, नारा ल्वार, मनिसा जोसी र देवकी बिस्टलगायत रहेका छन ।

    जिल्ला सम्मेलनले १२ जना सदस्य निर्वाचित गरेको छ भने ५ सदस्य पछी थप गर्ने निर्णय गरेको छ । अखिल नेपा महिला संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य ममता सुर्खेतिले उद्घाटन गरेको उक्त सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज बासुदेबलगायतका नेताहरु अथिति रहेका थिए ।

    यस्तै जिल्ला सम्मेलनको सभाहलमा विभिन्न पार्टी परित्याग गरी गमला बिस्टको नेतृत्वमा १५ जना भन्दा बढी महिला सदस्यहरुले आफ्नो पार्टीमा प्रवेश गरेको नेकपा बैतडीले संचार केन्द्रलाई जानकारी दिएको छ ।

    सम्मेलन आयोजक समिति संयोजक पार्वती धानुकको अध्यक्षमा सुरु भएको सम्मेलनको सञ्चालन बिस्णा बिस्टले गरेको हाम्रा बैतडी संवाददाताले जनाएका छन् । सम्मेलनमा करिब २ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    पछिल्लोपटक नेकपाले देशभर ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सन्चालन गरिरहेको छ । उक्त अभियान अबधिमा नेकपाले जनबर्गीय संगठनका भेला सम्मेलन र बैठक सम्पन्न गर्नुका साथै अन्य पार्टी परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्ने गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ