News Portal

  • ‘बाटोमा हिड्नै लाज भयो, ज्योती-सरस्वती र तिर्सनालाई खुर्मीले काटेर खुन खान्छु’ (भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    ५११ पटक

    काठमाडौं । ‘लाहुरेनी’ को नामबाट सामाजिक संजालमा केही दिनदेखि कलाकार मिलन सुनुवारले अश्लील भएको भन्दै कलाकार ज्योती मगर, सरस्वती लामा र तिर्सना बुढाथोकीको आलोचना गरेका छन् । उनले उनीहरुको कलाको सम्मान गर्दै बाटोमा हिड्न समेत लाज लाग्ने गरी अश्लील नबन्न भनेका छन् ।

    केही दिनदेखि सामाजिक संजालमा भाइरहेका भएको भिडियोमा तीनै जनीलाई खुर्पाले खोपेर रगत खाने बताएका छन् । केही महोत्सवमा र म्युजिक भिडियोमा ज्योती र सरस्वतीले अर्धनग्न हुने गरी प्रस्तुती प्रस्तुत गरेपछि चारैतिर विरोध भइरहेको छ ।

    त्यस्तै विदेशमा बसेर सामाजिक संजालमा उत्तेजक भिडियो र फोटोहरु पोष्ट गर्दै आएकी तिर्सनाको पनि नेपाली कलाकारिता क्षेत्रमा चर्को विरोध भइरहेको छ । यिनी तीनैले नेपाली कला र संस्कृतिमा विकृति भित्र्याएको आरोप लागेको छ ।

    यसै सन्दर्भमा लाहुरेनीको नामबाट रामेछापका कलाकार मिलनले आलोचना गरेपछि सामाजिक संजालमा केहीदिने भाइरल नै बनेको छ ।
    रामेछाप घर भएका कलाकार मिलन विगत पाँच वर्षदेखि कलाकारितामै छन् । उनी खासगरी भिडियो निर्देशकको रुपमा चिनिएका छन् ।

    कलाकार मिलन लाहुर जान नसकेपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताइन्छ । लाहुरे हुन मिलनको उचाई पुगेको थिएन । त्यसपछि लाहुरे हुने इच्छालाई त्याग्दै कलाकारितामा छन् । उनले आफ्नो कमडी नाम लाहुरेनी राखेका छन् । अनलाइन डबलीबाट

    २०७५ कात्तिक १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...