News Portal

  • रात्रिक्लव ‘बोर्डरल्याण्ड बार’मा गोली चल्यो, १२ जनाको मृत्यु

    संचारकेन्द्र संवाददाता
    १३५५ पटक

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लबमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ।

    घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन्। स्थानीय समयअनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।

    राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ। अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ। पछिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ। आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन्।

    तर आक्रमणकारीको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको हो वा उसलाई अन्य कसैले प्रत्याक्रमण गरेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैंलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ।

    भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दुकधारी आक्रमणकारी पनि छन्। आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन।

    प्रहरीलाई गोलीकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको डिनले बताए। घटनामा आतङ्ककारी समूहको सम्लग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले अधिकारी डिनले बताए।

    २०७५ कात्तिक २३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...