News Portal

  • देउसी भैलो खेल्दा झडप, दोहोरो हानाहानमा परी १० जना घाइते

    संचारकेन्द्र संवाददाता
    ४४७ पटक

    नेपालगञ्ज । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परादेखि मनाइदै आएको चाड तिहारमा पनि झडपका घटना भएका छन् ।

    देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच बाँकेमा झडप भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनिया गाउँमा दुई पक्षबीच दोहोरो झडप हुँदा गाउँमा त्रास भैलिएको छ ।

    झडपमा परेर नौ जना घाइते भएका छन् । बिहीबार राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा पिएका दुई युवा समूहबीच कुटाकुट भएको थियो ।

    विवाद हुँदा हुँदै कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । प्रहरीले यस घटनामा संलग्न १० जना युवालाई नियन्त्रणमा लिएको छ ।

    झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । गाउँका युवाले मदिरासँगै लागूऔषधसमेत खाने गरेकाले बेलाबेलामा दुःख दिने गरेको स्थानीय अगुवाहरूले बताए ।

    २०७५ कात्तिक २३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...