News Portal

  • नेपाल–भारतबीचको खेल बराबरी

    संचारकेन्द्र संवाददाता
    २० पटक

    काठमाडौं। ओलम्पिकको एसियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत् बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।

    म्यानमारको याङगोनस्थित थुवुन्ना रंगशालामा भएको समूह ‘सी’अन्तर्गत्को पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा अग्रता भने नेपालले लिएको थियो । खेलको ११औं मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् ।

    त्यस्तै, खेलको ३७औं मिनेटमा भारतले एक गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन ।

    दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । यस खेलसँगै नेपाल र भारतले १–१ अंक जोडेका छन् । भारतविरुद्धको खेलमा नेपालको यो दोस्रो बराबरी हो ।

    यसअघि, खेलेका ८ खेलमा नेपाल ७ खेलमा पराजित भएको थियो भने एक खेलमात्र बराबरीमा सकिएको थियो । सन् २०१६ मा भएको दक्षिण एसियाली खेलकुदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

    अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकुदअन्तर्गत् पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच/पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’मा चार/चार टोली छन् ।

    प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । तेस्रो हुनेसमेत दोस्रो चरण पुग्नेछ । ओलम्पिकको एसियाली छनोटअन्तर्गत् नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमार र बंगलादेश छन् ।

    नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमारसँग तथा कात्तिक २७ गते बंगलादेशसँग खेल्नेछ ।

    २०७५ कात्तिक २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    रातको तेस्रो प्रहरमा किन हुन्छन् मृत्युका घटना ? यस्तो छ डरलाग्दो रहस्य

    एजेन्सी । हामीलाई लाग्छ, मृत्यु अवश्यंभावी कुरा हो र मानिसको मृत्यु जुन कुनै समयमा पनि...

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...