News Portal

  • देशकै लामो पुल हेर्न कुश्मामा आन्तरिक पर्यटकको भीड

    संचारकेन्द्र संवाददाता
    ४६ पटक

    कुश्मा। तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ । कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटलसमेत भरिभराउ भएका छन् ।

    त्यति मात्र नभएर माटोको शहरका रुपमा परिचित मुस्ताङमा सडक सञ्जालसँग जोडिएसँगै मुक्तिनाथ, लोमान्थाङ, कोरल्ला जाने पर्यटकसमेतका कारण कुश्माका होटल व्यस्त भएका हुन् ।

    “यहाँका पुलका अलवा, बागलुङ, म्याग्दी र मुस्ताङसमेत जाने पर्यटकहरु कुश्मामा वस्न रुचाउँछन्,” होटल बन्दना प्रालिका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले भने, “मुस्ताङ खुलेपछि त हामीलाई एकछिन् फुर्सद छैन, होटल कुनै दिन खाली हुँदैन ।”

    यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । मुस्ताङ पोखराबाट हवाई यात्रा गरेर जान सकिने भएपनि यात्रुले उक्त यात्रा जोखिमपूर्ण मान्दै आएका छन् ।

    पैदलयात्रीहरु बागलुङ, म्याग्दी होस् वा मुस्ताङ जहाँ भए पनि जाँदा वा आउँदा अग्ला पुलका कारण कुश्मामा झर्ने गरेको होटल व्यवसायी विषमकुमार श्रेष्ठ बताउछन् । अरू बेला पनि आन्तरिक पर्यटक कुश्मामा निकै आउने गरेका छन् । उनले भने, “मुस्ताङ खुलेपछि त कुश्माका राम्रा होटल कुनै खाली हुँदैनन् ।”

    कुश्मा बजारका बेञ्जु, बन्दना, न्यू फ्रेण्डली, गोल्डेन, व्रिजभ्यूलगायत होटल तीज लागेसँगै भरिभराउ हुन थालेका हुन् । उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय निकै बढेको छ ।

    मुस्ताङ जान कुश्मा, बेनी, घाँसा हुँदै जोमसोम जानुपर्ने हुन्छ । मुस्ताङ जानेहरु चिसो मौसम शुरु हुनु अगावै त्यहाँ पुग्न रुचाउँछन् । दैनिक मोटरसाइकलमा मात्रै सयौँको सङ्ख्यामा पर्यटक मुस्ताङ घुम्न जान थालेका पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उनका अनुसार दैनिक बस, मोटरसाइकल र जीप गरी झण्डै चारसय हाराहारीमा मुस्ताङतर्फ गएका छन् ।

    २०७५ कात्तिक २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...