News Portal

  • तिहारको बेला दोहोरियो पुरानै घटना, ‘बोक्सी’ आरोपमा राधा चौधरीमाथि फेरि कुटपिट

    संचारकेन्द्र संवाददाता
    ६५२ पटक

    काठमाडौँ । गत बर्ष बोक्सीको आरोपमा लगातार ५ घण्टासम्म राधा चौधरीमाथि कुटपिट भएको कैलालीमा उक्त घटना सेलाउन नपाउदै पुनः उही घटना दोहोरिएको छ ।

    कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा फेरि कुटपिट भएको छ । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।

    पीडित राधाले दिएको बयान अनुसार रक्सीले मात्तिएका कालीचरणले पहिले राधालाई गाली गरेको र त्यसपछि कुटपिट गरेको प्रहरीको भनाई छ ।

    कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने प्रहरीले जनाएको छ । गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए ।

    त्यो बेला प्रहरीले जाहेरी लिन नमानेको र मेयर पनि रमिते बनेको भन्दै चौतर्फी आलोचना भएको थियो । रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

    २०७५ कात्तिक २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...