News Portal

  • निर्मला हत्या प्रकरणबारे गृहमन्त्री थापा पुनः बोले, अपराधी छिट्टै पक्रिनेबारे दिए यस्तो बचन

    संचारकेन्द्र संवाददाता
    १९२ पटक

    काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा पुनः बोलेका छन् । गृहमन्त्री थापाले बलात्कारपछि हत्या गर्ने अपराधीलाई छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् ।

    गृहमन्त्री थापाले रिपोर्टस क्लवको देउसीभैलो कार्यक्रमपछि बोल्दै बलात्कार घटनाका अपराधिहरु कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

    उनले भने- ‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’

    निर्मला हत्या प्रकरणका अपराधीहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी रहेको भन्दै थापाले दोषीहरु कानूनको कठघरामा छिट्टै आउँने बताएका छन् ।

    देशमा भइरहेको बलात्कार, भ्रष्टाचार, तस्करी, बेथिति र अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियानमा आफ्नो गृह प्रशासन लागि रहेको भन्दै गृहमन्त्री थापाले आफु आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी समेत दिए ।

    २०७५ कात्तिक २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...