News Portal

  • मिठो फलभित्र भेटियो अचम्मको बस्तु, मन्त्रीले भने- जघन्य अपराध भो

    संचारकेन्द्र संवाददाता
    ३२९ पटक

    एजेन्सी । अस्ट्रेलियाको विभिन्न राज्यहरूमा स्ट्रबेरीमा सियो पाइएपछि मानिसहरू त्रासित भएका छन् । त्यहाँका विभिन्न ६ वटा राज्यहरूमा बेच्न राखिएको स्ट्रबेरीभित्र सियो भेटिएको हो । यसलाई त्यहाँका एक जना मन्त्रीले ‘जघन्य अपराध’ भनेका छन् ।

    स्ट्रबेरीसँगै सियो निलेपछि एक जना व्यक्तिलाई अस्पताल पुर्‍याइएको छ । न्यूजिल्याण्डका बिक्रेताले आयतित स्ट्रबेरीहरू बेच्न छाडेको जनाएका छन् ।

    अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रग हन्टले खाद्य अधिकारीहरुलाई उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । ‘यो एउटा जघन्य अपराध हो । सर्वसाधारणमाथि सीधै आक्रमणको प्रयास हो’, उनले भने । स्थानीय अधिकारीहरुले घटनाको बारेमा अनुसन्धान गरेपनि हालसम्म कुनै शंकास्पद व्यक्तिहरु पक्राउ नपरेको जनाएको छ ।

    यो घटना गतसाता क्वीन्सल्याण्डमा घटेको थियो । त्यसपछि न्यू साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया र तास्मनियामा फैलिएको थियो । उत्पादक र प्रहरीले केही घटना नक्कल गरेको समेत भएको उल्लेख गरेका छन् ।

    क्वीन्सल्याण्ड राज्य सरकारले उक्त घटना बारे जानकारी दिनेलाई एक लाख अष्ट्रेलियन डलरले पुरस्कृत गर्ने जनाएको छ । गत बिहीबार क्वीन्सल्याण्डका स्ट्रबेरी उत्पादक संघले ‘असन्तुष्ट कर्मचारी’ले स्ट्रबेरीमा सियो घोचेको हुनसक्ने बताएको थियो । तर प्रहरीले उनीहरूको भनाइलाई पत्याएको छैन ।

    हालसम्म स्ट्रबेरी बेच्ने विभिन्न ६ वटा ब्राण्डलाई छानबिनको दायरमा ल्याइएको छ । प्रहरीले बेरी ओपि ओवेशन, बेरी लिसियस, लब बेरी, डोनी ब्रकु बेरिज, डिलाइटफूल स्ट्रबेरिज र ओआसिस ब्राण्डमाथि अनुसन्धान गरिरहेको छ । यस्तै, स्वास्थ्य अधिकारीले स्ट्रबेरी काटेर मात्र खान सचेत गराएका छन् ।

    स्ट्रबेरी उत्पादकहरुले उक्त घटनाको कारण व्यपारमा नकारत्मक असर पार्ने जनाएका छन् । अस्ट्रेलियमा वार्षिक एक सय ३० मिलियन अष्ट्रेलियन डलर बराबरको स्ट्रबेरी बिक्री हुन्छ ।

    स्ट्रबेरी सेवन गर्नुका फाइदाहरू धेरै छन् । स्ट्रबेरी यौन शक्ति बढाउने सबै भन्दा राम्रो फल मानिन्छ । स्ट्रबेरीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी इन्फामेटरी तत्व हुन्छ जसले क्यान्सरसंग लड्न मद्धत गर्छ । यो आँखाका लागि फाइदाजनक हुन्छ । स्ट्रबेरी भिटामिन सी महत्वपूर्ण स्रोत हो । १०० ग्राम स्ट्रबेरीमा ३२ क्यालोरी प्राप्त हुन्छ । यसले चाउरीपना कम गर्छ र अनुहारमा चमक पनि ल्याउँछ ।

    सेक्स र सुन्दरताका लागि स्ट्रबेरी निकै उत्कृष्ठ मानिन्छ । यसले मुटु रोगबाट पनि बचाउँछ । यसले रगतमा नराम्रो कालेस्टेरोल कम गर्छ । स्ट्रबेरीले जोर्नी दुखेको कम गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्धत गर्छ । स्ट्रबेरीमा फाइबरको मात्रा पनि बढी हुन्छ । बीबीसी

    २०७५ कात्तिक २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...