News Portal

  • परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

    संचारकेन्द्र संवाददाता
    १४७ पटक

    काठमाडौं । साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै परमाणु रियक्टर बनाउने बताएका हुन् ।

    परमाणु रियक्टर आणविक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण हो । साउदी प्रेस एजेन्सीले यो परमाणु रियक्टर कस्तो प्रकारको हुनेछ भन्नेबारे कुनै जानकारी नदिइएको बीबीसीले लेखेको छ ।

    साउदी अरबको आगामी दुई दशकमा १६ परमाणु रियक्टर बनाउने योजना छ र यसमा करिब ८० अर्ब डलर खर्च हुने अनुमान छ ।

    तर, यसको प्रयोग केमा गर्ने भन्नेबारे भने स्पष्ट भइसकेको छैन । कच्चा तेलको सबैभन्दा बढी निर्यात गर्ने देश साउदी अरबले तीव्ररुपमा बढीरहेको ऊर्जा आवश्यकतालाई हालसम्म तेल र प्राकृतिक ग्यासबाट पूर्ति गर्दै आइरहेको छ ।

    २०७५ कात्तिक २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...