• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights पत्रपत्रिका समाचार

    दुई मन्त्रीसहित माधव नेपाल सवार सेनाको हेलिकप्टर २ घण्टा आकाशमा किन घुम्यो ? कारणसहित

    17.3K
    SHARES

    काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत उपसमितिले प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ ।

    नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिब २ घण्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो । समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन । प्रस्तावित विमानस्थलबारे वातावरणीय प्रभावको विभिन्न टीका टिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको हो ।

    निर्णय अनुसार उपसमिति अनुगमनका लागि गएको छ । दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन भएको हो । उपसमिति सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्रीसमेत अनुगमनमा गएका थिए ।

    वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत अनुगमनमा सहभागी भए । सेनाको एमआई–१७ हलिकोप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ