News Portal

  • ज्येष्ठ नागरिकहरुका लागि खुसीको खबर, प्रचण्डले गरे यस्तो घोषणा

    संचारकेन्द्र संवाददाता
    २१५९ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

    तत्कालिन एमाले र माओवादीले चुनावमा वृद्धहरुका लागि भत्ता बढाउने चुनावी घोषणा गरे पनि भत्ता नबढाइएपछि ज्येष्ठ नागरिकहरु सरकारसँग रुष्ट बनेका थिए । अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकका लागि भत्ता बढाउने घोषणा गरेका हुन् ।

    चुनावमा जाँदा वृद्धवृद्धाको भत्ता बृद्धि गर्ने भनेपनि वृद्धभत्ता नदिँदा ‘बुढाबुढी’हरु रिसाएको सोमवार मोरङको विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले बताए । प्रचण्डले चालू आर्थिक वर्षमै पनि बृद्धभत्ता बढाउने विषयमा छलफल चलिरहेको बताए ।

    अध्यक्ष प्रचण्डले जनतालाई ठूला–ठूला योजना र रणनीतिक महत्वका योजनाको विषयमा बिस्तारै बुझाउँदै लगेपनि अहिलेका लागि सडकका खाल्डाखुल्टी पुर्ने कामलाई सरकारले प्राथमिकता दिने बताए ।

    ‘प्रधानमन्त्री र मेरोबीचमा कुरा भएको छ । सडकका खाल्डा खुल्टी अब छिट्टै पुरिँदै छन्,’ प्रचण्डले भने, ‘सडकका खाल्डाखुल्टी पुरिएपछि कांग्रेसको विरोध गर्ने बाटो पनि बन्द हुन्छ । त्यसपछि कांग्रेसले के भन्दो रहेछ हेरौंला ।’

    पार्टी एकताको विषय छिटोभन्दा छिटो टुंग्याइने अध्यक्ष प्रचण्डको भनाइ थियो । आफूले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल भएको प्रचण्डले बताए ।

    २०७५ कात्तिक १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपामाथि व्यापक दमनमा उत्रियो ओली सरकार, पूर्वबाट अर्का नेता गिरफ्तार, आफन्त भन्छन्- बेपत्ता पार्‍यो

    काठमाडौँ । केपी ओली सरकारले विद्रोही नेकपामाथिको दमनलाई व्यापक बनाएको छ । नेकपा नेता कार्यकर्ता...

    प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई विद्यार्थीले दले कालामोसो

    डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ...

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् ।...

    आईपिएलमा सन्दीप पहिलो म्याचमा नै आज प्लेइङ एघारमा पर्ने सम्भावना

    काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो खेलमै...

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड...